無料イラスト【イラストAC】


अक्टोबर १३
फुकुओका
गैर आवासीय नेपाली सघं जापान,क्युस्यु क्षेत्रीय कार्यसमितीले २०औ गैर आवासीय नेपाली दिबसको पावन अवसरमा २०२३ अक्टोबर ११ तारीकका दिन फुकुओकामा एक कार्यक्रमका बिच केक काटेर शुभकामना आदान प्रदान गर्दै मनाएको छ । उक्त कार्यक्रममा लामो समय देखी एनआरएनएमा आबद्ध रहनु भएका अभियन्ता ज्युहुरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्युहुरुको उपस्थिति उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा एनआरएनए स्थापनाको उद्देश्य र हाल सम्म उदेश्य अनुरूप भएको प्रगतिहरुको बारेमा समीक्षा गरी आउदै गरेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको ११ औ महाधिवेशनको सफलताको शुभकामना पनि व्यक्त गरेको एनआरएनए क्युस्युका सचिब केशव लामिछानेले बताउनु भयो ।


उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य छत्र दाहाल, फुकुओका वाणिज्य दुतावास सचिब दिपक देवकोटा लगाएतका वक्ताहरुले परदेशमा रहेका नेपालीहरुको हक हितका लागी एनआरएनए अत्यन्तै आवश्यक संस्था भएको कुरा बताउनु भयो । आगामी दिनहरुमा अझै एनआरएनए मार्फत नेपालको दिगो बिकाशमा टेवा पुग्ने आसा लिएको र आगामी दिनमा अझै प्रभावकारी कार्यक्रमहरु गर्दै अगाडी बढने योजना रहेको एनआरएनए क्युस्युका संयोजक विवेक बुढाथोकिले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *