無料イラスト【イラストAC】

फुकुओका
सेप्टेम्बर १८
नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत चर्चित कलाकार कल्पना दाहाल र प्रिति आलेका साथमा फुकुओकामा विभीन्न पेसामाा आवद्ध रही बसोबास गर्नुहुने चर्चित गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, गायक माधव सिग्देल र गायक प्रेम सापकोटा गरी ५ जना कलाकारको प्रस्तुतीमा कार्यक्रम सम्पन्न गरीएको थीयो । उक्त कार्यक्रममा फुकुओकामा रहनु भएका करीब ४५० जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थीति रहेको कुरा फुनेसो सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।


उक्त कार्यक्रममा कल्पना दाहाल र प्रिती आलेको प्रस्तुतीमा विभीन्न चर्चित तिजका गीत लगाएत अन्य गितहरु गाउदै गर्दा करीब १०० जना जति सहभागीहरु स्टेजमा नै नाच्दै रमाउनु भएको थियो । सहभागीहरुबाट पनि विगत ४ वर्ष देखी कोरना भाइरसका कारण स्टेजमा कलाकारसँगै रमाइलो गर्न नपाउदा खल्लो भएको तीज कार्यक्रम यस पटक कलाकारसँगै स्टेजमा नाच्न पाउदा सारै खुसी लागेको र आउदा वर्षमा पनि यस्तै अवसर जुटाइदिन अनुरोध सहित यस वर्षको लागी धन्यवाद व्यक्त गर्नुभएको थियो ।


उक्त कार्यक्रम सफल पार्नका लागी इभेन्ट पार्टनरको रुपमा सहयोग गर्नुहुने नाङ्गलो घर फुकुओका, ओहासी रिसाइकल सप, सुपेन्द्र घिसीङ्ग, क्योदाइ रेमिटान्स लगायत विभीन्न व्यत्तित्व तथा व्यवसायहरु लगायत सहआयोजकको रुपमा सहयोग गर्नुहुने एनआरएनए क्युस्यु, मोना क्युस्यु, सुदुर पश्चिमेली समाज क्युस्यु, नेफिन क्युस्यु, नेपाल जापान फेन्डसीप लायन्स क्लब, प्रचार प्रसारमा सहयोग गर्नुहुने एफएन न्युज, मसला टिभी फुकुओका, भिजन अनलाइन न्युज, विश्व खबर लगायत साथ सहयोगका साथ साथै उपस्थीत सम्पुर्णमा आयोजकका तर्फबाट आभर व्यक्त गर्दै संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले धन्यवाद व्यक्त गनुभयो ।


विगतका वर्षबाट नै फुकुओका नेपाल सोसाइटीले तीजको अवसरमा कार्यक्रमहरु गर्दै आइरहेको छ । अन्य अवसरहरुमा औपचारीक कार्यक्रम लामो भै सहभागीहरुमा नीरासा छाउने गरेता पनि यस वर्षको तीज कार्यक्रममा औपचारीक कार्यक्रम एकदमै छोटो गरी नया सुरुवात गर्न सफल भएको पनि अध्यक्ष घलेले बताउनु भयो । उक्त औपचारीक बोल्दै कार्यक्रमका प्रमुख अतिथी फुकुओका नेपाल सोसाइटीका संस्थापक अध्यक्ष अरुण बिष्टले १९९५ सालमा नेपाली दाजुभाइ दिदीबहिनीहरु भेटघाट हुने माहोल बनाउनका लागी स्थापना गरीएको यस संस्था २८ वर्ष सम्म लगातार चलीरहेर विभीन्न कार्यक्रमहरु गरेको देख्दा गर्व महसुस गर्नुका साथसाथै आगामी दिनमा पनि अझै प्रगतीको पाइला चाल्न सफल होस भन्ने शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *