無料イラスト【イラストAC】


नागासाकी
सेप्टेम्बर १९
नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा नागासाकी जापानीज भाषा स्कुलले नेपाली विध्यार्थीहरुलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट फुकुओका नेपाल सोसाइटीको तीज विशेष कार्यक्रमका लागी आमन्त्रण गरीएका चर्चित गायीका कल्पना दाहाल र साथमा फुकुओकामा विभीन्न पेसामाा आवद्ध रही बसोबास गर्नुहुने चर्चित गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, गायक माधव सिग्देलको प्रस्तुतीमा कार्यक्रम सम्पन्न गरीएको थीयो । साथै उक्त विध्यालयमा अध्ययन गर्दै गरेका विध्यार्थीहरुको पनि प्रस्तुती रहेको थियो । उक्त कार्यक्रममा भाषा अध्ययन गरी रहनु भएका करीब १५० जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र विध्यालयको शिक्षक तथा नेपाल र नेपालीलाई माया गर्ने जापानीज नागरीकहरु करीब ५० जनाको उपस्थीति रहेको थियो ।
विध्यालयले नेपाली विध्यार्थीहरुका लागी तीज मात्र नभै अन्य चाडपर्वहरुमा पनि विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *