無料イラスト【イラストAC】samjhana-badri

अगष्ट २१, २०२२

जापानको फूकुओकामा क्रियाशील पुरानो सस्था फूकुओका नेपाल सोसाइटीको आयोजना तथा बिभिन्न संघ संस्थाको सह–आयोजनामा वितगका बर्ष जस्तै यसपाली पनि फुनेसो तीज धमाका २०२२आयोजना हुने भएको छ। बिगत २ बर्ष भने कोभिडको कारण प्रत्यक्ष कार्यक्रम हुन सकेको थिएन तर यसपाली भने नेपाल को ख्याती प्राप्त चर्चित कलाकारहरु गायक बद्रि पंगेनी, चर्चित गायक पशुपति शर्मा, चर्चित गायीका सम्झना भण्डारी र परदेशी गायकको नामले परिचित सुर्य खड्कालाइ निम्त्याउने भएको छ । उक्त कार्यक्रमका लागी नेपालबाट जापान आउने कलाकारको भिसा र टिकटको कार्य सकिएसंगै जापानमा पनि तयारी अन्तीम चरणमा पुगेको आयोजक संस्थाका प्रवत्ता तथा तिज धमाका २०२२ का संयोजक दिलेन्द्र जोसीले बताउनु भयो । यो संगै कलाकारहरु मध्ये पशुपति शर्मा हाल अस्टेलीयामा रही त्यहाबाट अगष्ट २३ र बद्री पंगेनी र संझना भण्डारी अगष्ट २५मा जापानको फुकुओका सहरमा आउने कार्यक्रम रहेको संस्थाका अध्यक्ष माधव सिग्देलले जानकारी दिनुभयो । साथै उक्त दिनका लागी टिकट बिक्री, स्वयमसेवक परिचालनका लागी स्वयमसेवकको चयन, जस्ता कार्य पनि अन्तीम चरणमा रहेको जानकारी दिनुभयो ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *