無料イラスト【イラストAC】tamang-samaj-bbq

२०२२ अगष्ट २१

नेपाल तामाङ्ग समाज, क्युस्यु क्षेत्रीय समितिको आयोजनामा नव आगन्तुक स्वागत तथा BBQ कार्यक्रम मिति २०२२ अगष्ट २० तारीकका दिन जापानको फुकुओकामा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य सुपेन्द्र घिसीङ्ग, लामो समय देखी जापानको सागा केनको खाराचु भन्ने ठाँउमा आफ्नै कृषि फर्म भएका र ओलम्पीक २०२० मा नेपालको प्रतिनीधित्व गर्दै ओलम्पीक ल्याम्प बोकी नाम कमाउन सफल कान्छा लामा लगायतका व्यक्तिहरुको सहभागीतामा सम्पन्न भएको जानकारी तामाङ्ग समाज क्युस्युका सचिब नयन कुमार तामाङ्गले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा जापानमा भर्खरै आउनुभएका नव आगन्तुक तामाङ्गहरुको स्वागत तथा विभीन्न सास्कृतिक कार्यक्रम भएको र अझै भाइचारा बढाउने उद्धेश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजनामा निरन्तरता दिने योजना रहेको संस्थाका सचिव तामाङ्गले बताउनु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *