जापान
अक्टोबर २९
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको मोना जापानका महासचिब सागर कार्कीले बताउनु भयो ।


उक्त कार्यक्रम २०२३ नोभेम्बर ११ तारीक सनिबारका दिन जापानको टोकियो सिनओकुबोमा रहेको काठमान्डौ लज एन्ड बारमा साँझको ५ः३०बाट २२ः३० सम्म गर्न लागीएकोले सम्पुर्णमा सहभागीताका लागी कार्यक्रम संयोजक गणेश छन्त्यालले अनुरोध गर्नुभयो ।


परदेशमा रहेका म्याग्देलिहरुको साझा तथा अभिभावकीय भुमीकामा रहेको मोनाले परदेशमा विभिन्न चाडपर्वहरुको अवसरमा विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । साथै देशमा होस या परदेशमा म्याग्देली तथा गैर म्याग्देलीहरुको सुख दुखको साथीको रुपमा स्थापीत भएको संस्था भएकोले आगामी दिनमा पनि विभीन्न कार्यक्रमहरु गर्दैै जाने योजना रहेको पनि महासचिव कार्कीले बताउनु भयो ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *