無料イラスト【イラストAC】

फुकुओका
फेबु्रअरी १०
फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजनाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि मिति २०२४ फेबु्रअरी १० तारिकका दिन हाकाता स्टेसन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार भव्यताका साथ सम्पन्न भयको छ ।


२०२१ बाट सुरु गरिएको उक्त कार्यक्रममा पहिलो वर्ष क्यूस्यूको विभिन्न विद्यालयका गरी करीब ५० जना, दोस्रो वर्ष करिब २०० जना र यस वर्ष करीब २० जना नेपाली विधार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा फुनेसोका उपाध्यक्ष दिपक बिकले जानकारी दिनु भयो । साथै विगतका वर्षमा फुनेसोले आयोजना गरेको स्युस्योकु सेमीनारमा सहभागी भै करीब १५ जना नेपालीहरुले भिसा परिवर्तन सम्म गरेको फुनेसो अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो । यस वर्ष जापानको विभिन्न क्षेत्रमा कार्य गर्दै विदेशीहरूलाई कर्मचारीको रूपमा राख्दै आएका ५ वटा कम्पनीको उपस्थिति रहेको थियो । जापानमा उच्च शिक्षा अध्ययन सके पनि काम खोज्नमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई काम खोज्नका लागि यो सेमीनारले सहयोग गरेमा व्यतिगत तथा संस्थागत तर्फबाट पनि खुशी हुने कुरा संस्थाका अध्यक्ष घलेले जानकारी दिनु भयो।
फुकुओका नेपाल सोसाइटीले स्युस्योकु सेमीनार लगाएतका विभीन्न कार्यहरु गर्दै क्युस्युमा नेपाली र जापनिज नागरीकहरु बिचको सम्बन्ध सुमधुर बनाउन लागीरहेको कुरा संस्थाका पुर्व अध्यक्ष दिपक देवकोटाले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *