डिसेम्बर १६
फुकुओका


फुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोष र भुकम्प पिडीत सहयोगार्थ आयोजीत देउसी भैलो कार्यक्रमबाट संकलीत रकमबाट ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको सहकार्यमा सहयोग वितरण गरीएको छ । फुकुओका नेपाल सोसाइटीको आर्थिक सहयोग र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल को प्राविधिक सहयोग र उक्त संस्थाकी संस्थापक अध्यक्ष चादनी ऐरीको भौतिक उपस्थीतिमा गत कार्तिकमा रुकुम पश्चिम र जाजरकोटमा गाएको भुकम्प प्रभावीत क्षेत्र जाजरकोट जिल्ला कुसे गाँउ पालिका वडा नं. ४ का करीब ७० घरधुरीलाई न्यानो ब्याल्याङकेट तथा ५ जना साना नानिबाबुहरुलाई न्यानो कपडा वितरण गरीएको फुकुओका नेपाल सोसाइटीका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।


फुकुओका नेपाल सोसाइटीले स्थापना काल देखी नै नेपाल तथा जापानमा नेपालीहरुको सुख दुःखमा सहकार्य गर्दै जापानमा जाने विभीन्न भुकम्प तथा बाढी पहिरोमा स्वयमसेवकीय भुमीका तथा विगतमा नेपालमा गएमा बाढी पहिरो, २०१५ को विनासकारी भुकम्प, कोभिड १९ महामारी जस्ता समस्यामा समन्वयकारी भुमीका निभाउदै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको फुनेसो अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *