無料イラスト【イラストAC】

फुकुओका
डिसेम्बर २७
नेपाली राजदुतावास टोकीयोको संचालन तथा एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा जनवरी २७, २८ र २९ तारीकमा संचालन गर्ने मिति तय भएसँगै प्रारम्भीक विवरण संकलन गर्नका लागी पहिलो चरणमा गुगल फारम भर्न सुचना प्रकाशन गरीएको छ ।


फुकुओकामा राजदुतावास टोकियोको आयोजना एनआरएनए जापान सहित अवैतनिक वाणिज्य दुतावास फुकुओका, एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगाएतका क्युस्युमा अवस्थीत अन्य संघ संस्थाहरुको सहकार्यमा जनवरी २७ र २८ तारीकका दिन हाकाता सिमीन सेन्टर संगै रहेको भवन (福岡県福岡市博多区山王1丁目13 山王パークビル) र जनवरी २९ अक्रोस फुकुओका (福岡県福岡市中央区天神1丁目1−1)मा रहेको हलमा राहदानी तथा अन्य कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा संचालन गर्न लागीएको वाणिज्य दुतावास फुकुओकाका सचिब दिपक देवकोटाले वताउनु भयो ।
घुम्ती सेवा अझै सभ्य, मर्यादित र व्यवस्थीत रुपमा संचालन गर्नका लागी सेवा ग्राहिको प्रारम्भीक विवरण संकलनका लागी गुगल फारम वनाई विवरण संकलन गरीएकोले सम्पुर्ण सेवाग्राहीहरुलाई फारम भरी सहयोग गरीदिनु हुन एनआरएनए क्युस्युका संयोजक विवेक बुढाथोकिले अनुरोध गर्नुभयो । साथै संकलित विवरण घुम्ती सेवामा नेपाली दुतावास टोकियोले मात्र प्राप्त गर्ने र अन्य कुनै प्रायोजनमा प्रयोग नहुने व्यहोरा पनि अवगत गराउनु भयो ।


राहदानी नविकरणका लागी राहदानीको म्याद २०२४ डिसेम्बर ३१ तारीक सम्म भएका सेवा ग्राहीहरुले मात्र फारम भरी सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ । साथै राहदानी हराएको, नासीएको वा पाना सकिएको अवस्थामा भने राहदानीको म्याद २०२४ डिसेम्बर ३१ भन्दा पछाडिका सेवा ग्राहीले पनि गुगल फारम भर्न सक्ने वाणिज्य दुतावास फुकुओकाका सचिब देवकोटाले बताउनु भयो ।
साथै गुगल फारम भरेका सेवाग्राहीहरुले राहदानीको लागी छुटटै प्रि इनरोलमेन्ट फारम अनिवार्य भर्नु पर्नेछ । गुगल फारमबाट प्राप्त विवरणको आधारमा उपलब्ध जनशक्ति र घुम्तीसेवाका लागी तोकिएको दिनलाई मध्यनजर गरी यस बारेमा नेपाली दुतावासको आधीकारीक पेजबाट सुचना प्रकाशन गरीने छ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *