無料イラスト【イラストAC】parbat-samaj


फुकुओका
मे ९
पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले जापानका विभीन्न सहरहरुमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । “रमाइलो म्युजिक एक्सप्रेस” नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २२ तारिख सोमबार साँझ ५ बजेबाट फुकुओकाको हाकाता सिमीन सेन्टरमा नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, बिमल राज क्षेत्रि, एलिना चौहान र सुस्मिता क्षेत्रिको बेजोड प्रस्तुतिको साथमा सम्पन्न गर्नका लागी आवश्यक तयारी गरीराखेको पर्वत समाज जापान क्षेत्रीय समिति क्युस्युका अध्यक्ष सिव शर्माले जानकारी दिनुभयो ।
जापानको फुकुओकाका साथमा मे २८ तारिख आइतबार नाकानो जिरो हल टोकियो र जुन ४ तारिख आईतवारका दिन निगातामा कार्यक्रम तय भएको साथै अन्य शहरमा पनि कार्यक्रम गर्न ईच्छुकले कार्यक्रम संयोजक तथा समाजका महासचिब राम बाँस्तोलासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार सँगै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्‍याउनुका साथै पर्वतको विभीन्न ग्रामिण क्षेत्रमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पठनपाठनमा सघाउनु मुख्य उद्देश्य रहेको पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेले बताउनु भयो ।
कार्यक्रम व्यवस्थापन र उद्देश्य अनुरुप सम्पन्न गराउनको लागि विभागीय जिम्मेवारी प्रदान गरि व्यवस्थित रुपमा कार्य अघि बढेको तथा आर्थिक संकलन कार्य र प्रचार प्रसारको काम द्रुत गतिमा अगाडि बढाईएको पनि कार्यक्रम संयोजक तथा समाजका महासचिव राम बाँस्तोलाले जानकारी दिनु भएको छ ।


पवित्र उद्देश्यका साथ फुकुओकामा आयोजना गर्न लागीएको कार्यक्रमको सहआयोजकमा एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, मोना क्युस्यु र काठमान्डौ फुकुओका लायन्स क्लब रहेका छन । फुकुओकाको कार्यक्रमको मुख्य प्रायोजकको रुपमा मिनी नेपाल डाइनिङ्ग एण्ड बार र विशेष प्रायोजकको रुपमा केसी कम्पनी लि. रहेका छन । कार्यक्रमका लागी दुई प्रकारका टिकट मध्ये सामान्यको लागि २ हजार येन र बिशिष्ठको लागि १० हजार येन तोकेको छ ।
समाज पर्वत जिल्लाबाट बिभिन्न पेशा ब्यवसाय, रोजगारी तथा अध्ययनका लागि जापान प्रवेश गरेका पर्वतेलीहरुको भाईचाराको बिकास, आपसी सम्बन्ध र पर्वत जिल्लाको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय तथा पर्यावरणीय विकासमा हातेमालो गर्ने उद्देश्यका साथ सन् २००९ मा स्थापना भएको संस्था हो । संस्थाले हाल सम्म नेपाल तथा जापानमा विभीन्न सामाजीक कार्यहरुमा हातेमालो गर्दैै आइरहेको छ

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *