無料イラスト【イラストAC】


फुकुओका
फेबु्रअरी २९
जापानको फुकुओका सहरमा २०२४ अप्रिल ६ तारीकका दिन आयोजना हुन लागेको ११ आंै नेपाल फेस्टीबल फुकुओकाको स्टल बुकिङ्ग अनलाइन मार्फत गर्ने गरी सुचना प्रकाशन भएको छ । फेबु्रअरी २६ तारीकबाट खुल्ला गरीएको बुकिङ्गको अन्तिम मिति मार्च ५ तारीक मंगलबार साँझ ५ बजे सम्मका लागी तोकिएको छ ।
उक्त फेस्टीबलमा स्टल राख्नका लागी होटल रेस्टुरेन्टका लागी ४ मान येन, सेवामुलक स्टलका लागी ४ मान येन र अन्य व्यापारीक स्टलका लागी ६ मान येन तोकिएको छ । साथै ठाँउको अभावका कारण होटल रेस्टुरेन्टका स्टल १० वटा, सेवामुलक स्टल ३ वटा र अन्य व्यापारीक स्टल ८ वटा गरी जम्मा २१ वटा स्टल राख्ने योजना रहेको स्टल व्यवस्थापन संयोजक इन्द्र प्रसाद घलेले बताउनु भयो । साथै स्टल बुकिङ्ग गरीसकेपछि पहिला नै भुक्तानी गर्नु पर्ने र भुक्तानीको अन्तिम मिति २०२४ मार्च ५ तारीक साँझ ५ बजे सम्म रहने जानकारी पनि गराउनु भयो ।
बुकिङ्ग भैसकेका स्टलको लागी स्थान निर्धारण २०२४ मार्च ६ तारीक गोलाप्रथा मार्फत गरीने र अनलाइन मार्फत लाइभ गरीने जानकारी पनि गराउदै थप जानकारीका लागी स्टल व्यवस्थापन संयोजक इन्द्र प्रसाद घले (080-397-0853), प्रकाश लामिछाने ( 080-4894-9439), भिम बहादुर गुरूङ (090-2961-4275), रोशन दाहाल (070-7581-7446) लाई सम्पर्क गर्नका लागी पनि अनुरोध गर्नु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *