फुकुओका
मार्च १०
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटयान्स प्रिजेन्टस प्रथम एनआरएनए क्युस्यु भलिबल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको जानकारी प्रतियोगीता एनआरएनए क्युस्युका संयोजक भिम बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।


प्रतियोगीता २०२५ मार्च ९ तारीक आइतबारका दिन फुकुओकाको खासुया ताइकुकानमा सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा फाइनलमा घुम्टे युवा परीवार जापान र एनआरएनए कान्साई बीच भएको खेलमा सोझो सेटले घुम्टे युवा परीवारको टिमले जित हात पारेको थियो । पुरुष भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः ३००,००० येन र १५०,००० येन प्राप्त गरेका थिए । प्रतियोगीतामा विभीन्न विधामा ट्रफि, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका थिए । पुरुष भलिबल वेस्ट प्लेयरमा घुम्टेका रवि केसी, वेस्ट स्पाइकरमा एनआरएनए कान्साइका सन्तोस परियार, बेस्ट लिफ्टरमा घुम्टेका सुजन चोखाल भएका थिए ।

, , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *