無料イラスト【イラストAC】

जापान

फेबु्रअरी २८

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ।

एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा निःशुल्क अनलाइन जापानी भाषा कक्षाका लागि गुगल फारममार्फत आवेदन गरीएकामा ३ सय ५२ जनालाई मार्च ९ तारिखदेखि विभिन्न समूहमा विभाजन गरि हप्ताको दुईदिन जापानी भाषा कक्षा सञ्चालन गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिए।

“सामान्य जापानिज भाषा नजानेको कारण दैनिक जीवन यापनमा कठिनाई भोगिरहेका जापानबासी नेपालीलाई सहयोग पुर्याउने उदेश्यले निःशुल्क अनलाइन जापानी भाषा कक्षा सञ्चालन गर्न लागेका हौ।” संयोजक गौतमले भने- विशेष गरी कुक भिसा, डिपेण्डेण्ट भिसा लगायत अन्य भिसामा जापान बसोवास गर्दै आउनु भएको जापानबासी नेपालीहरुलाई अनलाइन मार्फत निःशुल्क जापानी भाषा कक्षाले दैनिक जीवनयापनमा थप सहयोग पुर्याउने छ।

निःशुल्क जापानी भाषा कक्षा संचालनलाई व्यवस्थित, मर्यादित र सिकाइलाई प्रभावकारी बनाउन र कक्षा सञ्चालनको ग्रुप विभाजन लगायतका बारेमा आवश्यक छलफल गर्ने गरी गुगल फारम भरेकाहरु बिचमा मार्च २ तारिख अनलाइन सेमिनार गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समिति नागोया सचिव तथा अनलाइन मार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन समितिका संयोजक  प्रतीक कार्कीले जानकारी दीए ।मार्च २ तारिख दिनकाे ३ बजेबाट भर्चुवल जुममार्फत हुने सेमिनारका लागि  Meeting ID: 448 917 1983 र Passcode: language2 रहेको कार्कीले जानकारी दिए।

जापानी भाषा कक्षा सञ्चालनका लागि भानु पूरी (PHD Runing) नागोया, नवराज चापागाइ नागोया, केशव लामिछाने क्युस्यू, सन्दिप बुढ़ाथोकी नागोया, बिविता सिटौला नागोया, तिर्थनाथ सापकोटा  नागानो, अशोक पौडेल सेन्दाइ, सन्दिप जिसी सेन्दाइ, बिनोद चन्द सेन्दाइ, अमृत सुवेदी सेन्दाइ र यम प्रसाद खनाल ओकिनावाले सहजिकरण गर्नु हुनेछ । सचिव कार्कीले भने जापानव्यापी जापानी भाषा कक्षा संचालन गर्नको लागि थुप्रै चुनौती रहेपनि नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि त्यसको समाधान गर्दै भाषा सिकाइलाई प्रभावकारी बनाउने छौं।

एनआरएनए नागोयाको आयोजना तथा  एनआरएनए जापानको सहयोग तथा ११ वटै क्षेत्रीय समितिको सह आयोजनामा अनलाइन निःशुल्क जापानी भाषा कक्षाका सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै, क्षेत्रीय कार्यसमिति र केन्द्रीय कार्यसमिति बीच समन्वय सँगै जापानबासी नेपालीहरुको समस्या केन्द्रित भई  जापानिज भाषा सञ्चालन ले धेरै नेपालीहरुले सेवा लिने मा विश्वस्त रहेको र आगामी दिन यस कार्यक्रम लाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सम्पूर्ण प्रकारको सहयोग गर्ने एनआरएनए जापान उपाध्यक्ष तथा क्षेत्रिय समिति समन्वय समितिका संयोजक देवराज उप्रेतीले जानकारी दिए।

निवर्तमान क्षेत्रीय समिति नागोयाले नागोया केन्द्रित निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गरेको अनुभवलाई आत्मसात गरि जापानमा रहेर पनि जापानी भाषाको समस्या भोगिरहेका नेपालीलाई सहयोग पुर्याउन हाल एनआरएनए जापानको सहयोग र सबै क्षेत्रीय समितिको आवश्यक समन्वय र सहकार्यमा एनआरएनए जापान नागोयाले निःशुल्क जापानी भाषा कक्षा संचालन गरेर प्रशंसनीय कार्य गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *