無料イラスト【イラストAC】


मे ४
फुकुओका
पश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु फेस्टिबलमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ३ तारीकका दिन रहेको थियो । फुकुओका नेपाल सोसाइटिको सहकार्यमा विगतका वर्षबाट नेपाली समुदायको प्रतिनिधीत्व गर्दै विभीन्न संघ संस्थाका प्रतिनीधिहरुले सहभागीता जनाउदै आइरहेका छन । संसारभर विकराल रुपमा फैलिएको कोरना भाइरसका कारण विगत ३ वर्ष देखि हुन नसकेको कार्यक्रममा यस वर्ष पन्चेबाजा, विभीन्न जातजातीको झाँकी सहित सहभागी भएर नेपाल र नेपालीहरुको पहिचानलाई जापान र जापानी समुदाय बिचमा थोरै मात्रामा भए पनि चिनाउन सफल भएको फुकुओका नेपाल सोसाइटिका अध्यक्ष माधव सिग्देलले बताउनु भयो ।

झाँकि सहित सहभागी सम्पुर्णले फुनेसोले तयार पारेको नेपालको झन्डा र सगरमाथा, बुद्ध, लगायतका विभीन्न फोटोहरु लिएर सहभागीता जनाएका थिए । यस हाल सम्मको अनुभबलाई प्रयोग गर्दै आगामी वर्षमा अझै राम्रो व्यवस्थापन सहित सहभागीता जनाई जापानी समुदायमा नेपाल र नेपालीलाई चिनाउन क्युस्युमा अवस्थीत अन्य नेपाली संघ संस्थाहरुसँग पनि सहकार्य गरी अगाडि बढने फुनेसो उपाध्यक्ष तथा यस वर्षका लागी व्यवस्थापन संयोजक इन्द्र प्रसाद घलेले बताउनु भयो । सहभागीहरु पनि परदेशमा पन्चेबाजा सहित नेपाली पहिरनमा कार्यक्रममा सहभागी हुन पाउदा निकै उत्साहित देखिएका थिए ।

फोटो फिचर

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *