फुकुओका
अक्टोबर १२
कुमामोतो क्रिकेट क्लबले नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा तिहार नाइट कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम कुमामोतोको साकुरामाचिमा रहेको हलमा आयोजना गर्ने आयोजकले बताउनु भएको छ । कार्यक्रममा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान, लाइभ प्रस्तुति, देउसी भैलो र कल्चर डान्स पनि रहने छ ।
उक्त कार्यक्रम अक्टोबर १९ तारीक आइतबारका दिन साँझको ५ बजेबाट आयोजना गरीने र इन्ट्री निशुल्क रहेको छ । कुमामोतो क्रिकेट कल्बले स्थापना कालबाट विभीन्न कार्यक्रमहरुको आयोजना सँगसँगै नेपाल तथा जापानमा विभीन्न सहयोग कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा जापान र नेपाली बिच संस्कृति आदानप्रदान कार्यक्रम गर्दैै अगाडी बढने योजना रहेको बताउनु भएको छ ।
