फुकुओका
सेप्टेम्बर १९
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा सेप्टेम्बर २८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक बिजी बानियाँले बताउनु भयो । देशमा होस या परदेशमा सुखमा होस या दुखमा जहाँ पनि समाजसेवामा अग्रसर रहेको मोनाको एक अंग भै क्षेत्रीय समिति मार्फत कार्यक्रमहरु गर्न पाउदा अत्यन्तै खुसी व्यक्त गर्दै हाल सम्म गर्दै आएका कार्यक्रमहरु लाई निरन्तरताका साथै समयानुकुल कार्यक्रमहरु पनि गर्दै अगाडी बड्ने योजना रहेको संयोजक बानियाँले बताउनु भयो ।
२०२० मा गठन भएको मोना क्युस्युले गठन गरेको दिनबाटै सामाजीक कार्यमा अग्रसर रही आएको र क्युस्युमा रहेका अन्य संघ संस्थाहरुसंगको सहकार्यमा विभीन्न कार्यहरु पनि गर्दै आइरहेको छ । अगिल्लो वर्षहरुमा पनि नेपालीहरुको महान पर्व विजया दशमिको अवसरमा सुरुवात गरीएको यस पवित्र कार्य आगामी दिनमा पनि निरन्तर गर्दै लाने योजना सहित कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने विभीन्न नीकायहरु (रेडक्रस जापान, रक्तदान केन्द्र हाकाता, रक्तदान केन्द्र क्यानल सीटी) सँगको सहकार्यमा कार्यक्रम गर्न लागीएको कुरा संयोजक बानियाँले जानकारी दिनु ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *