फुकुओका
फेब्रुअरी १०
फुकुओका नेपाल सोसाइटी ९फुनेसो० को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ ९एनआरएनए० क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको नेपाल फेस्टिवल फुकुओका २०२५ भव्यताका साथ सम्पन्न गर्नका लागी स्वयमसेवक र २ दिने कार्यक्रममा प्रस्तुति दीन चाहानेहरुका लागी आवेदन खुल्ला गरीएको छ ।
नेपाल र नेपालीको पहिचान र संस्कृतीलाई जापानीज समुदायसँग जोडदै नेपालको पर्यटन क्षेत्रमा टेवा पुराउने उद्देश्यले गर्न लागेको उक्त फेस्टिवलमा सहभागी भै आयोजकसँग हातेमालो गर्न चाहाने सम्पुर्णका लागी अवसरको रुपमा स्वयमसेवक तथा उक्त कार्यक्रमममा प्रस्तुति दिनका लागी आफुले सक्ने क्षेत्रमा सहयोग गर्नका लागी आयोजक समितिले सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *