फुकुओका
फेबु्रअरी ३
फुकुओकाको इतिहासमा हाल सम्मको सर्वाधिक पुरुस्कार राशिको सातौ खुकुरी एफसी रनिङ्ग कप २०२५को उपाधी सुपर एट एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २४ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा श्री गणेश खुकुरी एफसिलाई प्रतिस्प्रधात्मक रुपमा १–० ले स्तब्ध पार्दै उपाधि हात पारेको हो ।
२०२५ फेबु्रअरी १ तारीकका दिन फुकुओकामा सम्पन्न भएको उक्त प्रतियोगीतामा विजेताले ५,२२,२२२ येन र उपविजेताले २,११,१११ येन सहित ट्रफि र मेडल हात पारेका छन । उक्त प्रतियोगीतामा विभीन्न विधागत पुरुस्कारमा सर्वश्रेष्ठ खेलाडीमा सुपर एट एफसिका अनिल तामाङ्ग, सर्वश्रेष्ठ गोलरक्षकमा सुपर एट एफसिका सुरज ठोकर, सर्वश्रेष्ठ डिफेन्डरमा सुपर एट एफसिका स्यान्बो लामा, सर्वाधिक गोलकता श्री गणेश खुकुरी एफसिका २ खेलाडी आशिक गुरुङ्ग र वविन घलेले प्राप्त गरेका थिए भने फेयर प्ले टिमको पुरुस्कार हिगासी ल्याडस फुटबल टिमले प्राप्त गरेको थियो ।
उक्त प्रतियोगीतामा फुकुओकाका विभीन्न संघसंस्थाका प्रतिनीधिहरु र खेल प्रेमिहरुको सहभागीता रहेको थियो । साथै यस कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको क्लबका म्यानेजर प्रकाश गुरुङ्गले जानकारी दिनुभयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *