टोकीयो
जुन ३०
बोहोरा फांट समाज जापानको आयोजनामा सम्पन्न भलिबल खेलमा सहभगिता जनाउन जापान आउनु भएका चर्चित भलिबल खेलाडी रेशम छन्त्याल लाई २०२४ जुन ३० तारीकका दिन एक कार्यक्रमका बिच जापान छन्त्याल संघले सम्मान गरेको छ । जापानको टोकियोमा चर्चित खेलाडी रेशम छन्त्याललाई भलिबल खेलमा उज्जल भविष्यको कामना सहित सम्मान गरेको हो ।
वर्तमान समयका चर्चित भलिबल खेलाडी छन्त्यालको सम्मान कार्यक्रममा जापानको विभिन्न ठांऊबाट छन्त्यालहरुको उपस्थिती रहेको थियो । छन्त्यालले अहिले सम्म नेपालको चर्चित क्लबहरुबाट समेत खेल खेलि सक्नु भएको छ ।
पछिल्लो समय आफ्नो खेल कौशलताबाट सबैको मन मनमा बस्न सफल छन्त्याल नेपाल पुलिस क्लबमा आबद्द हुनुहुन्छ । साथै धेरै राष्ट्रिय उपाधी समेत हात पार्न सफल हुनु भएको छ ।
जापान छन्त्याल संघको अध्यक्ष गंग बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष देबिन्द्र छन्त्यालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिब गणेश छन्त्यालले गर्नु भएको थियो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *