फुकुओका
मार्च २२
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, मोना क्युस्यु, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टीबल फुकुओका २०२४ अप्रिल ६ तारीक शनिबारका दिन तेन्जीन सेन्ट्रल पार्कमा आयोजना हुने नेपाल फेस्टीबलको तयारी अन्तीम चरणमा पुगेको छ ।
नेपालको कला सस्कृति, भेषभुषा, पहिचान, पर्यटकीय प्रवद्र्धनका साथसाथै जापान र नेपाल जोडन यस फेस्टीबलले महत्वपुर्ण भुमिका निर्वाह गरेको र आगामी दिनमा पनि निरन्तरता दिन सहयोगी हुने कुरा ध्यानमा राखी तयारी अगाडी थालीएको फेस्टीबल मुल आयोजक समिति संयोजक विवेक बुढाथोकिले बताउनु भयो ।
उक्त फेस्टीबलमा फुकुओका तथा क्युस्युमा बसोबास गर्ने नेपालीहरु र जापानीज नागरीक गरी करीब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरीएको छ । फेस्टीबलमा नेपालको पहिचानका रुपमा रहेको पर्यटकीय क्षेत्रको जानकारी, नेपाली खानाका स्टल र जापानीज निकायहरुबाट विभीन्न जानकारी मुलक स्टलहरु रहने जानकारी संयोजक बुढाथोकिले बताउनु भयो ।
साथै नेपाल फेस्टीबलको बारेमा थप जानकारी दिनका लागी मिति २०२४ मार्च २९ तारीक शुक्रबारका दिन साझँ ७ बजेबाट हाकाता सिमीन सेन्टरमा पत्रकार सम्मेलन गर्ने गरी तयारी अगाडी बढाइएकोले सम्पुर्णमा उक्त पत्रकार सम्मेलनमा सहभागी भैदिनु हुनका लागी अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *