फुकुओका
फेबु्रअरी २६
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, आदीवासी जनजाती महासँघ क्युस्यु, मोना क्युस्यु, नेपाल जापान फेन्डसीप लायन्स क्लब, लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टीबल फुकुओका २०२४ अप्रिल ६ तारीक शनिबारका दिन तेन्जीन सेन्ट्रल पार्कमा आयोजना हुने भएको छ ।
नेपालको कला सस्कृति, भेषभुषा, पहिचान, पर्यटकीय प्रवद्र्धनका साथसाथै जापान र नेपाल जोडन यस फेस्टीबलले महत्वपुर्ण भुमिका निर्वाह गरेको र आगामी दिनमा पनि निरन्तरता दिन सहयोगी हुने कुरा ध्यानमा राखी तयारी अगाडी थालीएको फेस्टीबल मुल आयोजक समिति संयोजक विवेक बुढाथोकिले बताउनु भयो ।
उक्त फेस्टीबलमा नेपालीहरु र जापानीज नागरीक गरी करीब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरीएको छ । फेस्टीबलमा नेपालको पहिचानका रुपमा रहेको पर्यटकीय क्षेत्रको जानकारी, नेपाली खानाका स्टल र जापानीज निकायहरुबाट विभीन्न जानकारी मुलक स्टलहरु रहने जानकारी संयोजक बुढाथोकिले बताउनु भयो ।
फेस्टीबल २०११ सालमा बैसाखे मेलाकोे नामबाट सुरुवात भै हाल सम्म आउदा ११ औ संस्करण आइपुगेको र नेपाल र जापान जोडनमा महत्वपुण भुमीका खेलेको छ र आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा अगाडी बढने विश्वास राखेको कुरा फेस्टीबल संस्थापक संयोजक फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनु भयो ।