無料イラスト【イラストAC】mona nagoya


जापान
अगष्ट ७
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रो अधिवेशन २०२३ अगष्ट ६ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सागर थापा बगालेको संयोजकत्वमा नया कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसंयोजकमा हेमन राना, भरत केसी, महिला उपसंयोजकमा मुना पुर्जा कार्की, सचिबमा सागर भण्डारी, सह सचिबमा प्रकाश हमाल, कोषाध्यक्षमा जीवन घर्ती, सह कोषाध्यक्षमा तेजीन पुन, सदस्यहरुमा विकास सुवेदी, ज्योति बरुवाल, इस्वर बरुवाल, बुद्धि थापा, संकल्प सापकोटा, पुर्ण थजाली, मनिसा पाइजा र सुमी शाही निर्वीरोध चयन हुनु भएको कुरा संयोजक बगालेले बताउनु भयो ।

म्याग्दी जिल्लामा स्थायी बसोबास भै हाल विभिन्न पेसा व्यवसायले विश्वका विभिन्न देशमा रहनु भएका म्याग्देलीहरुलाई एकजुट बनाई जिल्लाको सुखदुःखमा साथ दिने उद्देश्यले स्थापना गरिएको यस संस्था विश्वका विभिन्न देशमा गठन भयको र जिल्ला लगायत देशमा परेको समस्याहरूमा परदेशबाट नै हातेमालो गर्दै अगाडी बढिरहेको र आगामी दिनमा अझै स्वत स्फुर्त रुपमा सामाजीक सेवामा लाग्न सम्पुर्णलाई यस संस्थाले प्रेरित गरीरहेको कुरा उक्त कार्यक्रमका प्रमुख अतिथी तथा मोना आइसीसीका बरीष्ठ उपाध्यक्ष ददिवल खडकाले बताउनु भयो ।
उक्त कार्यक्रममा मोना आइसीसी एसीया प्यासीफीक संयोजक दिपक कार्की, मोना जापान अध्यक्ष सचिन श्रेष्ठ, बरीष्ठ उपाध्यक्ष बिसाल केसी, सचिब सागर कार्की, लगाएत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै उक्त अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको विभीन्न क्षेत्रमा २०२३–२५ कार्यकालका लागी निर्वाचित म्याग्देलि प्रतिनीधीहरुलाई प्रमाणपत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरीएको कुरा निवर्तमान संयोजक राम किसानले बताउनु भयो ।
“प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नारा सहित २०१६ मा गठन भयको क्षेत्रिय समिति नागोयाले हाल सम्म गरिरहेको कार्यहरूलाई निरन्तरता दिदै अन्तराष्ट्रिय कार्यसमितिको उदेश्य र मर्मलाई मनन गर्दै आगामी दिनमा विभिन्न कार्यहरू गर्दै जाने योजना रहेको मोना नागोयाका नव निर्वाचिन संयोजक बगालेले बताउनु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *