जापान
जुन २६
जापानमा विभीन्न पेसा व्यवसायका नेपालीहरुको संख्यामा वृद्धि भए सँगै म्याग्दी जिल्लाको विभीन्न ठाँउबाट पनि जापानको विभीन्न शहरहरुमा म्याग्देलीहरुको बसोबास उल्लेख्य रुपमा रहेको पाइन्छ । म्याग्देलीहरुको अविभावकीय भुमीकामा रहेको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति जापानले जापानमा रहेका म्याग्देली लगाएत नेपालीहरुमा भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्य सहित आयोजना गर्न लागेको समर BBQ कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको मोना जापानका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिनुभयो ।
जापान जस्तो देशमा व्यस्तताका वावजुत पारीवारीक माहोलमा बस्ने वातावरण बनाउन गाह्रो परिराखेको अवस्थामा यस कार्यक्रमले म्याग्देलीहरुमा भाइचाराको विस्तार र पारीवारीक वातावरण सृजना गर्न सहयोग पुराउने कुरामा विस्वस्त रहेको पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो । साथै जापानमा बसोवास गर्नुहुने म्याग्देली तथा गैर म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहभागीताका लागी अनुरोध गर्नुभयो । कार्यक्रम जापानको टोकियोमा रहेको सिनकीबा पार्कमा २०२३ जुलाई २ तारीक आइतबार गर्न लागीएको र आयोजकले सम्पुर्ण तयारी पुरा गरीसकेको मोना जापानका महासचिब गणेश श्रेष्ठले बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *