無料イラスト【イラストAC】


सेप्टेम्बर २
जापान
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान राष्ट्रिय कार्यकारी समितिको आयोजनामा तिज विशेष कार्यक्रम २०२४ जापानको टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष म्याग्देली तथा गैर म्याग्देली दिदीबहिनीहरुको उपस्थितीमा हाल विभीन्न पेसा व्यवसायमा जापानमा बसोबास गर्ने म्याग्देली दाजुभाईहरुले माइतीको भुमिका निवार्ह गर्दै तिज विशेष कार्यक्रमको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको मोना जापान महासचिब सागर कार्किले बताउनु भयो । उक्त कार्यक्रममा करीब १५० जनाको सहभागीता रहेको थियो ।
स्थापना कालबाट हाल सम्म नेपाल र जापानमा विभीन्न सामाजीक कार्यमा अग्रसर रहेको मोना जापानबाट आगामी दिनमा अझै प्रभावकारी कार्यहरु गर्ने योजना रहेको मोना जापान अध्यक्ष बिसाल के सीले बताउनु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *