नागासाकी
सेप्टेम्बर ३
(सम्झना कार्की)

हिन्दु नेपालीहरुको महान पर्व तिज नजिकिए सँगै बिशेष कार्यक्रम सुरु हुन थालेका छन् । स्वदेश तथा बिदेशमा तिज पर्व लक्षित कार्यक्रमहरु दैनिक जसो हुन थालेका छन् । यतिबेला हाम्रो गाँउघर, समाज र देश पुरै तीजमय बनेको छ । सबै ठाउँमा तीजका बिशेष कार्यक्रमहरु देख्ने गर्छौ । कतै दर खाने कार्यक्रम, कतै तिज मिलन कार्यक्रम त कतै बिशेष साङगितिक कार्यक्रम । तिजले परदेशमा रहेका नेपाली महिलाहरुलाई यती बेला झन बढी गाँउघरको सम्झनाले सताउने गर्छ । महिलाहरुको चाड तिज आउँदा घर परीवार, माइती, जन्मभुमी भन्दा टाढा पराइदेशमा बसेका नेपाली चेलीको मन नरुने कुरै भएन ।
तिज भित्रीयो हामी जता जान्छौं जान्छ भन्दै बिदेशमा रहेका नेपाली पनि तीजमा रमाइरहेका छन् । सोहि अनुरुप जापानमा रहेका नेपालीहरु पनि बिभिन्न तीज कार्यक्रममा सहभागिता भईरहेका छन्।
तिज विषेश कार्यक्रम कलाकारहरुको साथमा हुदा अझ बढी रमाइलो हुने गर्छ । महिलाहरुको महान पर्वको रुपमा रहेको तिज पर्वको उपलक्ष्यमा स्वदेशमा भन्दा बिदेशमा कलाकारहरुको माग बढ्ने र कार्यक्रमहरु हुने गरेका पनि छन् । सोहि अवसरमा सोमबार जापानको नागासाकि सासेबो स्थित ल्बनबकबपष् ष्लतभचलबतष्यलब िग्लष्खभचकष्तथ कलेजमा तिज कार्यक्रमले धमका मच्चायो । सो तिज पर्वको बिशेष कार्यक्रमको लागि फुकुओकामा बसोबास गर्ने गायक तथा सर्जक पुरुषोतम सिग्देल र ओसाकामा बसोबास गर्ने गायिका काजल गुरुङले आफ्नो प्रस्तुति मार्फत विध्यार्थीहरुलाई नचाउनु भएको थियो ।
आफुले तिज गीत मार्फत प्रस्तुति राख्दा महिलाहरुलाई नेपालमै भएको आभाष दिएको र यो कार्यक्रममा सहभागि हुन पाउँदा निकै खुसी तुल्याएको गायिका काजल गरुङ्गले बताउनु भयो । उक्त कार्यक्रम मार्फत नेपालीहरु भेला भई एकअर्कामा खुसि साटासाट गरेका थिए ।

आफ्नो परिवार, साथिसँगी, गाउँघरको त्यो रमाइलोपनको आभाषमा साताभरि काम गरेर हप्ताको एक दिन बिदा लिई कामको थकानलाई बिर्सेंर नयाँ यात्राको क्रममा जुराईदिएका प्यारा साथिहरुसँग दुःख सुख साट्ने यो अवसर यस कार्यक्रमबाट मिलेको जापानमा बस्ने एक नेपाली विधार्थि सानू भण्डारीले बताईन ।
तिज गीत मार्फत प्रस्तुति राख्दा महिलाहरुलाई नेपालमै भएको आभाष दिएको आयोजक टिमले बताएको छ । आफ्नो देशको कलासँस्कृतिलाई जोगाउन र पर्वसँगै सामित्यतालाई नजिकबाट नियाल्न उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक टिमले जनाएको छ ।
नागासाकी इन्टरनेसनल युनिभर्सीटीद्वारा आयोजित कार्यक्रममा क्योदाइ रेमिटान्स, सिल्भर भिक र ओहासी रीसाइकल सप फुकुओकाको सहयोगमा भएको कार्यक्रमले यहाँ रहेका नेपालीलाई यो अवसर जुराई दिएको हो । तिजकै अवसरमा फुकुओका नेपाल सोसाइटीको आयोजनामा अगष्ट ३१ मा फुकुओका तिज फेस्टीबल २०२४ पनि भव्यताका साथ सम्पन्न भएको थियो भने जापानको विभीन्न सहरहरुमा दिनानुदिन कार्यक्रमहरु आयोजना भैरहेका छन ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *