funeso-seminar

२०२४ जनवरी २१
जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना यही मिति २०२४ फेबु्रअरी १० तारीक शनिबारका हाकाता स्टेशन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार हुने भयको छ ।
२०२१ बाट सुरु गरिएको उक्त कार्यक्रममा पहिलो र दोस्रो वर्ष क्यूस्यूको विभिन्न विद्यालयका गरी करीब ३०० जना नेपाली विधार्थीहरुको सहभागिता रहेको र करीब १५ जना जतिले स्युस्योकु गर्न पनि सफल भएका थिए । यस वर्ष करीब ५० जना विधार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक तथा फुनेसोका उपाध्यक्ष दिपक बि कले जानकारी दिनु भयो । स्यूस्योकु सेमिनारमा क्यूस्युको विभिन्न क्षेत्रमा कार्य गर्दै विदेशीहरूलाई कर्मचारीको रूपमा राख्दै आएका करिब २ वटा कम्पनीको उपस्थिति रहने छ ।


यस कार्यक्रमबाट युनिभर्सिटी तथा भोकेसनल स्कूल सकेर पनि कर्मचारीको रूपमा काम गर्न न पाउनु भयका नेपालीहरुलाई काम खोज्न सहयोग पुग्ने आशा गरिएको छ । त्यस्तै यो संस्थाले यो कार्यक्रम भन्दा अरु पनि नेपाल र नेपालीलाई परदेशमा चिनाउने कार्यक्रम तथा परदेशमा रहे पनि आफ्नो देश, कला, संस्कृति जोगाउन प्रेरित गर्ने खालका कार्यक्रम पनि गर्दै आई रहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो।
उक्त सेमिनारमा भाग लिन चाहनु हुने विद्यार्थीहरुले तलको लिङ्कबाट गुगल फर्म भरी आफ्नो सीट सुरक्षित गर्नुहुन आयोजक समितिले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *