無料イラスト【イラストAC】


फुकुओका
अगष्ट २९
जापानमा एकैसाथ ३ वटा ताईफु(台風) प्रवेश गर्दैछ । यसले जापानका विभिन्न भूभागमा प्रभाव पार्नसक्ने मौसमी पुर्वानुमान शाखाले अनुमान गरेको छ । यस वर्ष हाल सम्म विभीन्न समयमा ८ वटा ताइफु आइसकेको र अब आउने ताइफु ९ नम्बर अत्यन्तै शक्तिशाली ताईफु रहने अनुमान गरीएको छ । ताइफु नम्बर ९ फिलिपिन्सको पूर्वबाट दक्षिण चाईना सागरतर्फ सर्दै छ भने ताईफु नम्बर १० बिस्तारै जापानबाट अलि पर विशेष ट्रपिकल आँधीमा परिणत हुने अपेक्षा गरिएको छ । त्यस्तैगरि ताईफु नम्बर ११ बिस्तारै विकसित हुँदै जाँदा उत्तरतिर सर्नेछ र यो ३१ तारिख बिहीबार देखि सेप्टेम्बर २ तारिख शनिबारसम्म तीव्र हावासहित ओकिनावा क्षेत्रसम्म पुग्ने जोखिम रहेको छ ।
शक्तिशाली मानिएको ताईफु नम्बर ९ फिलिपिन्सको उत्तरपश्चिम पूर्व र दक्षिण चीन सागरमा सर्दैछ । आँधीले ओकिनावामा सीधै प्रहार नगर्ने तर ओकिनावाको साकिजिमा टापुहरू वरपरको समुद्रमा २९ तारिख मंगलबार बाट उच्च छालहरू आउने सम्भावना रहेको छ ।
ताईफु नम्बर १० पूर्वी जापानहुँदै पूर्वतिर सर्दैछ र आज अगष्ट २९ तारीक राती विशेष आँधीमा परिणत हुने अपेक्षा गरिएको छ । यो बिस्तारै जापानबाट पर हुँदै जाने अनुमान गरिएको छ, तर उत्तरी जापानको प्रशान्त महासागर किनारामा, हावाहुरी तीव्र रूपमा चल्नेछ र छालहरू आउने सम्भावना रहेको छ ।
ताईफु नम्बर ११ विकशित हुँदै उत्तरतर्फ सर्ने क्रम जारी रहनेछ, यो ३१ तारिख देखि सेप्टेम्बर २ तारिख सम्म तीव्र हावासहित ओकिनावा क्षेत्रसम्म पुग्ने जोखिम छ । सधै जसो ताइफुको अत्यन्तै प्रभावमा पर्ने ओकीनावा क्षेत्र यस पालीको ताइफु ११ बाट पनि प्रभावीत हुने हुनाले त्यस क्षेत्रमा बसोबास गर्ने सम्पुर्णमा सुरक्षीत रहन अपिल गरीएको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *