無料イラスト【イラストAC】

फुकुओका
अक्टोबर ८
गत बैशाखमा आएको फिल्म ‘जारी’भन्दा ठूलो ओपनिङ गर्न सक्ने फिल्मको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हेरिएको छ । गीतसंगीतले बढाएको हाइप, सशक्त स्टारकास्ट, सफल मेकर, सुपरहिट फिल्मको सिक्वेल आदि कारणले फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको हो । दशैं विदाको अवसर पारेर आगामी कात्तिक ४ गते ९फूलपाती०बाट फिल्म प्रदर्शनमा आउँदैछ । त्यस सँगसँगै जापानको फुकुओकामा श्री गणेश खुकुरी फुटबल क्लबले कार्तिक ५ (अक्टोबर २२) तारीकका दिन मिनामी सिमीन सेन्टरमा प्रदर्शन गर्न लागेको क्लबका म्यानेजर प्रदिप राइले बताउनु भयो ।

नेपालमा मात्र नभइ, विदेशमा पनि फिल्मले उच्च ओपनिङ गर्ने देखिएको छ । दर्शकको मागलाई मध्यनजर गर्दै अष्ट्रेलिया, जापान, बेल्जियम लगायतका देशहरुमा तीन हप्ता अगावैदेखि फिल्मको बुकिङ खुलिसकेको छ । जापानमा पनि टिकट आयोजकले सोचे भन्दा अत्याधिक वृद्धि भैरहेका कारण समयमै सम्पर्क गरी टिकट लिनुहुनका लागी आयोजकले अनुरोध गरेको छ । फुकुओका सोको लागी टिकट २००० येन तोकिएको छ ।

दीपेन्द्र के। खनालको निर्देशन रहेको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, संजोग रसाइली आदिको अभिनय छ । फिल्ममा निर्माता खगेन्द्र लामिछानेको लेखन छ । २०७२ सालमा प्रदर्शन भएको ‘पशुपति प्रसाद’को चर्चित पात्र भष्मे डन ९विपिन कार्की०मा फिल्मको कथा केन्द्रित रहेको जनाइएको छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *