無料イラスト【イラストAC】

फुकुओका
अक्टोबर २
तामाङ्ग समाज क्युस्युको आयोजनामा आपसी सदभाव, भाइचारा र एक आपसको सम्बन्धलाई अझै नजिक बनाउने उद्देश्यले मिति २०२३ अक्टोबर १ तारीकका दिन BBQ कार्यक्रम सम्पन्न गरेको छ । क्युस्युमा रहेका विभीन्न तामाङ्ग समुदायका विभीन्न व्यक्तित्व तथा फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त BBQ कार्यक्रममा करीब ६० जनाको उपस्थिती रहेको थियो ।
तामाङ्ग समाजले प्रत्येक वर्ष BBQ लगाएतका कार्यक्रम सहित जापानमा रहेता पनि विभीन्न चाडपर्वमा तामाङ्गहरुको जातिय पहिचानहरु झल्काउने खालका कार्यहरु गर्दै आइरहेको छ । साथै आगामी दिनमा दशैको शुभकामना आदान प्रदान तथा ल्होसारमा कार्यक्रमका साथसाथै देश तथा विदेशमा सामाजीक कार्यमा अग्रसर रहने योजना रहेको संस्थाका अध्यक्ष आशिष योन्जनले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *