無料イラスト【イラストAC】dashain-tika

फुकुओका

अक्टोबर १०

अवैतनिक बाणिज्य दुतावास फुकुओकाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि विजया दशमीको दिनमा सामुहिक टिका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । परदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अभिभावकिय भुमीका निर्वाह गर्दै आइरहेको बाणिज्य दुतावासले दशैमा पनि सामुहिक टिका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको बाणिज्य दुतावास सचिब दिपक देवकोटाले बताउनु भयो ।

बिजया दशमि (अक्टोबर २४) को दिनमा बाणिज्य दुताबासको कार्यलय हाकाता एकी हिगासीमा बिहान १० बजेबाट दिनको २ बजे सम्म फुकुओकाका लागी बाणिज्य दुत किमोतो युइचिरो ज्यूको हातबाट टिका ग्रहण कार्यक्रम रहने हुनाले सम्पुर्णमा सहभागिताका लागी हार्दिक अनुरोध गर्नुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *