無料イラスト【イラストAC】dashain-volleyball

२०२२ सेप्टेम्बर २२

फुकुओका, नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा फुकुओकामा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता हुने भएको छ । विगत २ वर्ष अगाडी स्थापना भई विभिन्न खेल क्षेत्रमा अग्रसर सुपर एट भलिबल क्लबको आयोजनामा क्यूस्यूकाे तोसु सहरमा फुकुओका केन भित्र लुकेर रहेका खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले मिति २०२२ अक्टोबर १ तारिक शनिबारका दिन दशैं स्पेसल भलिबल लीग फुकुओकाको आयोजना गर्न लागेको कार्यक्रम संयोजक मिलन छन्त्यलले जानकारी दिनु भयो ।

उक्त खेलमा प्रथम र दिप्तिय हुने टिमले क्रमसः जापानी येन १,००,००० र ५०,००० सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने टीम दर्ता शुल्क ३०,००० येन रहेको जानकारी उक्त क्लबका टीम म्यानेजर मिराज सेडाईले जानकारी दिनु भयो । उक्त खेलमा फुकुओका केन भित्रका करिब ८ टिमको सहभागिता रहने अनुमान रहेको र आगामी दिनमा भलिबल खेल प्रति रुचि राख्ने खेलाडीहरूको पनि सक्रिय रूपमा खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने विश्वास राखिएको पनि म्यानेजर सेडाईले जानकारी दिनु भयो । साथै खेल प्रेमी सम्पुर्णमा उक्त दिन सहभागिताको लागि पनि अनुरोध गर्नु भएको छ ।

खेल हुने स्थान 鳥栖商工センター 協同組合

dashain-special-colleyball-league
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *