無料イラスト【イラストAC】fukuoka-nepal-society

२०२२ सेप्टेम्बर १

जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना, फुकुओका केन अन्तराष्ट्रिय विधार्थी सपोर्ट सेन्टर, फुकुओका केन कोकुसाइ कोर्यू सेन्टरको सहयोग र क्युसुमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा मिति २०२२ सेप्टेम्बर १६ तारिकका दिन कोकुसाई हिरोबामा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार भव्यताका साथ सम्पन्न भयको छ ।

२०२१ बाट सुरु गरिएको उक्त कार्यक्रममा पहिलो वर्ष क्यूस्यूको विभिन्न विद्यालयका गरी करीब ५० जना र दोस्रो वर्ष यसपाली करिब २०० जना नेपाली विधार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा फुनेसाेका उपाध्यक्ष इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो । स्यूस्योकु सेमिनारमा क्यूस्युकाे विभिन्न क्षेत्रमा कार्य गर्दै विदेशीहरूलाई कर्मचारीको रूपमा राख्दै आएका करिब १० वटा कम्पनीको उपस्थिति रहेको थियो । कोरोना महामारीले गर्दा उच्च शिक्षा अध्ययन सके पनि काम खोज्नमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई काम खोज्नका लागि यो सेमीनारले सहयोग गरेमा व्यतिगत तथा संस्थागत तर्फबाट पनि खुशी हुने कुरा संस्थाका अध्यक्ष माधव सिग्देलले जानकारी दिनु भयो।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *