फुकुओका
फेब्रुअरी १९
नेपाली राजदुतावास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा २०२३ सालबाट जापानको विभीन्न क्षेत्रमा विद्युतिय राहदानी तथा अन्य कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा संचालन हुदै आइरहेको कुरा सबैमा अवगत नै छ । उक्त कार्यक्रम अन्तरगत यस वर्षको घुम्ती सेवा मार्च २८, २९ र ३० तारीकका दिन क्युस्युमा बसोबास गर्ने नेपालीहरुलाई समेटने गरी आयोजना गर्न लागेको घुम्ती सेवाको तयारीमा फुकुओका वाणिज्य दुतावास, एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगायत क्युस्युमा अवस्थीत सम्पुर्ण संघ संस्थाहरु लागेका छन ।
उक्त कार्यक्रमको बारेमा २०२५ फेब्रुअरी १८ तारीकका दिन नेपाली राजदुतावास टोकियोले सुचना प्रकाशन गर्दै मिति र स्थानको बारेमा सामाजीक सञ्जाल मार्फत जानकारी गराएको थियो ।
उक्त घुम्ति सेवामा विद्युतिय राहदानी तथा अन्य दुतावासबाट लिन सकिने कन्सुलर सेवाहरु फुकुओकाबाट नै लिन सकिने जानकारी गराइएको छ । २०२३ देखी निरन्तर रुपमा गर्दै आइरहेको कार्यक्रम यस वर्ष पनि गर्न पाँउदा क्युस्युबासी नेपालीहरुमा अभिभावकीय भुमिकामा नेपाली दुतावास टोकियो र वाणिज्य दुतावास फुकुओका रहेको अनुभुति गर्न पाइरहेको पाइन्छ ।
२०२५ मार्च २८, २९ र ३० तारीक गरी ३ दिन सम्म चल्ने घुम्ती सेवा फुकुओका सिटी हाकाता वार्डमा रहेको हाकाता सिमीन सेन्टरमा बिहान ९ बजेबाट साँझ ५ बजेसम्म संचालन हुनेछ । उक्त घुम्तीसेवालाई लक्षित गरी मार्च १४ तारीक दिनको ४ बजेबाट प्रि इन्रोलमेन्ट फारम खुलाइने जानकारी पनि दुतावासले गराएको छ ।
