無料イラスト【イラストAC】

जापानको फूकुओकामा क्रियाशील पुरानो सस्था फूकुओका नेपाल सोसाइटीको आयोजना तथा बिभिन्न संघ संस्थाको सह–आयोजनामा वितगका बर्ष जस्तै यसपाली पनि फुनेसो तीज धमाका २०२२आयोजना हुने भएको छ। बिगत २ बर्ष भने कोभिडको कारण प्रत्यक्ष कार्यक्रम हुन सकेको थिएन तर यसपाली भने नेपाल को ख्याती प्राप्त चर्चित कलाकारहरु गायक बद्रि पंगेनी, चर्चित गायक पशुपति शर्मा, चर्चित गायीका सम्झना भण्डारी र परदेशी गायकको नामले परिचित सुर्य खड्कालाइ निम्त्याउने भएको छ । साथमा जापान मै रहेका कलाकार हरुलाई पनि निमन्त्रणा गरि भव्यरुपमा तीज कार्यक्रमको तयारि भैरहेको तीज कार्यक्रमका संयोजक तथा फुकुओका नेपाल सोसाइटीका प्रवत्ता दिलेन्द्र प्रसाद जोशी जानकारी दिनुभयो।

नेपाल बाट आउने कलाकारहरुको सम्पूर्ण तयारि पुरा भैसकेको र बाकि सस्थाको तर्फबाट गर्नु पर्ने आन्तरिक तयारिहरु अन्तीम अवस्थामा रहेको सस्थाका प्रबक्ता तथा तीज कार्यक्रम संयोजक जोशीले बताउनु भयो । बिगत २ बर्ष कोरोनाका कारण कलाकारलाइ आमन्त्रित गरि प्रत्यक्ष कार्यक्रम नभएकोले फूकुओकामा बस्नुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदिबहिनिहरुलाई यसपाली चर्चित कलाकारहरुको साथमा मनोरन्जन लिने अवसर नगुमाउन सस्थाका अध्यक्ष माधव सिग्देल ज्युले अनुरोध गर्नु भएकोछ।

कार्यक्रम अगस्त २६ सुक्रबारका दिन हाकाता सिमिन सेन्टरमा साझ ५ बजे बाट हुने भएकोले आयोजक परिवार क्युशुबासि सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको छ। साथै टिकट सिमीत रहेकोले गर्दा सहभागी हुन चाहानुहुने सम्पुर्णमा छिटोभन्दा छिटो सम्पर्क गर्नुहुन आयोजक टिमले अनुरोध गरेको छ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *