無料イラスト【イラストAC】

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले विभीन्न पेसालाई अंगाल्दै जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुलाई एकजुट गर्ने उद्देश्यले यहि मिति २०२२ अगष्ट २७ सनिबारका दिन BBQ तथा म्याग्देली भेटघाट कार्यक्रम आयोजना गर्न लागेको कुरा मोना क्युस्युका संयोजक उज्ज्वल बानियाँले बताउनु भयो ।
हाल सम्म विश्वका विभीन्न देशमा गठन भै जिल्लाबासीमा भाइचाराको सम्बन्ध स्थापित गर्दै जिल्लामा हुने सम्पुर्ण सुख दुखमा हातेमालौ गर्दै आइरहेको यस संस्थाले क्युस्युबाट पनि हाल सम्म विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा अझै सदस्य बढाउदै सामाजीक कार्य गर्दै जाने योजना रहेको बानियाँले बताउनु भयो ।
साथै BBQ तथा म्याग्देली भेटघाट कार्यक्रममा सहभागी हुन मोना क्युस्युको आधिकारीक फेसबुक एकाउन्ट, फेसबुक पेज तथा संयोजक उज्ज्वल बानियाँ र उप संयोजक दिपक बिकलाई सम्पर्क गर्नुहुन अनुरोध गरीएको जानकारी संस्थाका उप संयोजक दिपक बिकले जनाउनु भयो ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *