無料イラスト【イラストAC】

विगत १० वर्ष देखि जापानको फुकुओका सहरमा विभिन्न नामले आयोजना हुँदै आएको नेपाल फेस्टिवल फुकुओका मिति २०२२ अगस्ट ६ तारिकका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो। नेपालका सम्माननीय पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ज्यूले उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रम नेपाल र नेपालीहरुको पहिचान जापानिज समुदायमा चिनाउने उदेश्यले सुरुवात गरिएको थियो। विगत २ वर्ष देखि संसारभर विकराल रूपमा फैलिएको कोरोना भाइरसका कारण गर्न नसकिएको फेस्टिवल २ वर्ष पछि गर्दा जापानिज र नेपाली गरी करिब ३००० जना भन्दा बढीले फेस्टिवल अवलोकन गरेको जानकारी नेपाल फेस्टिवल मूल आयोजक समिति संयोजक अर्जुन बगालेले जानकारी दिनु भयो ।

उक्त फेस्टिवलकाे समीक्षाका लागि तयारी बैठक मिति २०२२ अगस्ट १८ तारिक बिहीबार बेलुका ७ बजे हाकाता सिमिन सेन्टरमा आयोजना गरिएकोले सम्पूर्ण सरोकावालाहरूलाई उपस्थितिको लागि संयोजक बगालेले अनुरोध गर्नु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *