無料イラスト【イラストAC】

जनवरी ४

फुकुओका

जापानको क्युस्युमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा र वाणिज्य दूतावास फुकुओकाको विशेष सहयोग “जापानवासी नेपालीहरुको अवस्था, समस्या र समाधानका उपायहरुमा राजदूतावासको भूमिका” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा जनवरी ६ तारिकका दिन हुन लागेको जानकारी वाणिज्य दूतावास सचिव दीपक देवकोटाले दिनुभयो । उक्त कार्यक्रमका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी फुकुओका आउने कार्यक्रम छ ।

उक्त कार्यक्रममा सहभागी भै आफूलाई लागेका जिज्ञाशा तथा राजदुतावास सम्बन्धी प्रश्न भएमा सिधै सोध्न सकिने व्यवस्था गरिएको हुनाले सरोकारवाला सम्पूर्णमा सहभागिताको लागि अनुरोध पनि गर्नु भयो । कार्यक्रम स्थानीय समय अनुसार साँझ ६:३० बजेबाट असुमिन फुकुओकाको हलमा हुनेछ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *