無料イラスト【イラストAC】galkot-samaj


फुकुओका
२०२२ डिसेम्बर २८


“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ” भन्ने मूल नाराका साथ स्थापित NPO 法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ आयोजीत ‘सॉंगीतिक धमाका २०२३’ को पहिलो कार्यक्रम जापानको फुकुओका शहरमा भव्यताका साथ डिसेम्बर २७ मा सम्पन्न भएको छ ।

कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकार तथा गायक प्रकाश सपुत, रचना रिमाल, श्रीकृष्ण बम मल्ल र इश्वर सिंह फुकुओका आइ आफ्नो बेजोड सांगीतिक प्रस्तुती राखेका थिए । अंग्रेजी नया वर्षको स्वागतसहित समाजले सामाजिक उत्तरदायित्वका कार्य गर्नका लागि गलकोट समाजले विगतका वर्षदखि नै गर्दै आइराखेको साँगीतिक कार्यक्रमलाई यस वर्ष विगतका अनुभव र सिकाईलाई आत्मसात् गर्दै व्यवस्थित तयारीका साथ गरी अन्य वर्ष भन्दा अझै राम्रो कार्यक्रम गर्न सफल भएको कार्यक्रमका संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।


कार्यक्रममा मुख्य आकर्षकको रुपमा सानो उमेरमै चर्चा र सफलताको शिखरमा पुगेकी चर्चित गायिका रचना रिमालको क्रेज धेरै रहेका कारणले गर्दा फुकुओकाको कार्यक्रममा आयोजकले अनुमान गरे भन्दा बढी दर्शकको उपस्थीति रहेको सास्कृतिक विभागका संयोजक गौरीशंकर गैरे रामले बताउनु भयो । त्यस्तै प्रकाश सपुत, श्रीकृष्ण बम मल्ल, इश्वर सिंह जस्ता भर्सटाईल गायक एवं सर्जकहरूको आगमनले सबैलाई उत्साहित बनाएको थियो ।


फुकुओकाको कार्यक्रम भव्यताका साथ सम्पन्न भए संगै ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिकमा गरीने कार्यक्रमहरु पनि भव्यताका साथ सम्पन्न गर्नका लागी आयोजक तयार रहेको जानकारी समाजको अध्यक्ष कालीका थापाले दिनुभयो । साथै फुकुओकाको कार्यक्रम सम्पन्न गर्नका लागी सहयोग गर्नुहुने सहयोगी दाता, सहयोगी संस्था तथा व्यक्तिहरुलाई सम्मान पत्र र मायाको चिनो पनि वितरण गरीएको थियो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *