हालको युवा वर्गमा विभीन्न पारीवारीक समस्याले होस या साथीहरुको लहैलहैमा होस कक्षा १२ भन्दा पछाडीको पढाईलाई नेपालमा निरन्तरता दिने युवाहरु औलाले गन्न सकिने अवस्था आएको छ । हालको अवस्थामा सकेसम्म १२ कक्षाको पढाइ सकेपछी उच्च शिक्षाको लागी विदेश जाने युवा वर्गको लहर एकदमै उच्च रहेको छ । त्यसमा पनि अहिलेको अवस्थामा सबैको रोजाइमा पर्ने गर्दछ सुर्योदयको देश, एकदमै तिब्र विकास गरीरहेको देश जापान ।
जापानमा विभीन्न भिसामा करीब २लाख ३३ हजार (२०२४ डिसेम्बर) नेपालीहरु हुदै गर्दा करीब २५ प्रतिशत नेपालीहरु विध्यार्थी भिसामा रहेका छन । दिनहु विध्यार्थीहरु बढदै गर्दा कलिलो उमेरका नेपालीहरु हाल जापानका विभीन्न क्षेत्रमा भविष्यको लागी काम गर्दै गरेको, भाषा पढदै गरेको, भोकेसनल स्कुल तथा प्रख्यात युनिभर्सीटीहरुमा अध्ययन गर्दै गरेको पाइन्छ । जापान भनेको अंग्रेजी खासै प्रयोग नहुने र जापानीज भाषा एकदमै गाह्रो हुने हुनाले भाषाको ज्ञान कम हुदा विभीन्न समस्याहरु आइपर्ने गर्दछ । नयाँ ठाँउ, नयाँ परिवेश, नयाँ साथी, नयाँ भाषा, सबै कुरा नयाँ त्यसमा पनि परीवार भन्दा हजारौ कोष टाढा रहनु पर्दा समस्या नै समस्याहरु भोग्नु परीरहेको हुन्छ । यस अवस्थामा परीवारबाट पनि सहयोग भएन भने उक्त मानिसले मलाई के र किन चाहियो भन्ने सोच्न बाध्य भै विभीन्न दुर्घटनाहरु घटन जान्छन । त्यस मध्येको सबै भन्दा ठुलो दुर्घटना हो आत्महत्या ।
हाल जापानमा विध्यार्थी भिसामा कलिलो उमेरका युवाहरु आउने क्रम एकदमै बढदो छ त्यसका साथसाथै कलिलो उमेरका नेपाली भाइबहिनीहरुले चाल्ने गलत कदमको बारेमा पनि दिनहु सुन्नमा आउदछ । त्यस्ता गलत कदम चाल्न नदिनका लागी आफ्ना बाल बच्चा जापान पठाउनु भएका अथवा पठाउने तयारी गरीरहनु भएका परिवारले एकपटक सोच्नु पर्ने हुन्छ । जापान आउदा विभीन्न ठाँउ तथा व्यक्तिहरुबाट पैसा सापट गरेर जापान आउने विध्यार्थीहरु एकदमै धेरै छन त्यस क्रममा परीवारबाट जापान गएपछि लिएको पैसा समयमै तिरीदियोस भन्ने आशा राख्नु गलत त होइन । तै पनि परिवारका सदस्यहरुले सधै पैसाको मात्र कुरा नगरेर पढाइ कस्तो छ, काम के कस्तो छ, मौसम के कस्तो छ, नियमीत खाना खाने तथा समयमा सुत्ने गरेको छ कि छैन जस्ता सामान्य कुराहरुको बारेमा पनि बेलाबेलामा बुझिदिनु पर्ने हुन्छ ।
जापानमा विध्यार्थी जिवन एकदमै कठीनाइ पुर्ण रहेको छ । त्यस अवस्थामा जापानमा काम पाएको छ छैन, पढाईको तनाव, स्कुल तथा कलेज फि, बसाई खर्च, स्वास्थ्य जस्ता कुराको ख्याल नगरी सधै पैसाको मात्र कुरा गर्दा परिवार पनि पैसा कमाएर दिन सकेन भने मेरो पक्षमा छैन भन्ने सोच पर्न गै गलत कदम चाल्न पनि सक्छन । हुनत नेपालमा पनि समस्या नभए सम्म परिवारबाट आफ्ना बालबच्चाले कमाएर पठाउलान भन्ने आशा हुनु स्वभावीक हो तर जापानको हालको अवस्थामा विध्यार्थीहरुले काम पाउन एकदमै समस्याहरु आइ रहेका छन । त्यसमाथी जापानको अध्यागम नियम अनुसार एक हप्तामा विध्यार्थीले काम गर्न पाउने भनेको २८ घण्टा मात्र हो । नियम अनुसार गरेको कामले जापानको दैनिक जिवनका लागी चाहिने खर्च ठिक्क हुने अवस्था रहेको छ । त्यस अवस्थामा भर्खरै २०–२१ वर्षको उमेरमा बाहिरी तनाब बढी हुदा वा परिवारका सदस्यहरुबाट पनि पैसाको भन्दा कुरा नहुदा आत्महत्यालाई समाधानको रुपमा सोच्नेहरुको संख्या कम छैन । त्यसैले यस्ता मनोवैज्ञानिक कुराहरुका परिवारका सदस्य तथा जापान आउनु भन्दा पहिला जानकारी गराउनु हुने सबै जनाले एकपटक सोच्नु पर्ने हुन्छ ।
परिवारका सदस्यहरुले मात्र समस्या बुझेर पनि हुदैन जुन व्यक्ति जापानमा आएको उस्ले पनि ढिलो चाँडो प्रगति हुन्छ तर अहिलेको अहिलेनै हुदैन भन्ने कुराहरु पनि बुŠनु पर्दछ । विध्यार्थी भिसामा जापानमा आउदै गर्दा विभीन्न समस्याहरु पनि सँगसँगै आउने गर्दछन त्यस कारण जापान जस्तो मेहेनतमा विश्वास गर्ने देशमा हरेस खाने होइन की म पनि मेहेनत गर्न सक्छु भन्ने सोचाइका साथ मेहेनत गर्न छाडनु हुदैन । जो कुनै मानिसले पनि कुनै कुरा जन्मजात सिकेर आएको हुदैन त्यसैले सिक्नका लागी सधै प्रयत्न गर्दछु भन्ने कुरा मनमा लिएर अगाडी बढनु पर्दछ । साथसाथै जापानमा नेपालीहरुको अत्याधिक वृद्धि हुदै गर्दा राम्रा र नराम्रा सबै प्रकारका मानिसहरु भेट हुने गर्दछन, त्यस क्रममा भविष्यमा प्रगति गर्नुछ भने नराम्रा साथिहरुको संगत पातलो बनाएर कुनै एक प्रख्यात व्यक्तित्वलाई हेरी भविष्यमा मैले पनि त्यसरीनै प्रगति गर्नुछ भनेर अगाडी बढनु अत्यावश्यक कुरा हो ।
समस्या सबैमा छ कसैले बाहिर देखाउदछ कसैले देखाउदैन त्यसैले आत्महत्या जस्तो गलत बाटो रोज्नु भनेको समस्याको समाधान होइन । समस्याको समाधान गर्नका लागी जस्तो समस्या आइपरेपनि समस्यासँग जुधेर अगाडी बढने प्रयत्न गर्नु पर्दछ । हुन त समस्या परेको बेलामा सहयोग गर्ने, मनको बहाव पोख्नका लागी कोही पनि नहुदाँ विभीन्न नराम्रा सोचाइ आउनु सामान्य हो तर हामी नेपाली परिवारको भविष्य भनेको सन्तानमा निर्भर हुने र सन्तान नै नरहदा परिवारले समाजमा के कस्ता समस्याहरु भोग्न बाध्य हुन्छन भन्ने कुराको पनि सोच्नु पर्दछ । परदेशमा आफुले गलत कदम चाल्दै गर्दा आफुमा भविष्य देखेका परिवारका सदस्यहरु कस्तो अवस्थामा पुग्छन भन्ने कुरा पनि बिचार पुराउनु पर्ने हुन्छ ।
