फुकुओका
जुन २३
「अवैध भूमिगत बैंक」 सञ्चालन गरी गैरकानुनी रुपमा रकम पठाउने र विनिमय कारोबार गरेको आरोपमा नागासाकी प्रान्तीय प्रहरीले मे ९ तारिखमा ओसाका सिटी, नानीवाका वार्डमा बसोबास गर्ने ३६ वर्षीया चिनियाँ नागरिक महिलालाई बैंकिङ कानून उल्लंघन ९बिना इजाजत कारोबार० को आरोपमा पक्राउ गरेको छ।
प्रहरीका अनुसार, उक्त महिला गत वर्षको मे देखि नोभेम्बरको अन्त्यसम्म ओसाका प्रान्त लगायतका स्थानहरूमा बैंकिङ इजाजत बिना, सामाजिक सञ्जालमा भेटिएका विभिन्न व्यक्तिहरूको अनुरोधमा १४ पटकमा जम्मा १५१७मान येन बुझेकी थिइन् । ती रकमहरूलाई चिनियाँ मुद्रामा रूपान्तरण गरी, अनुरोधकर्ताले तोकेको खातामा गैरकानुनी रूपमा पठाएको आशंका गरिएको छ। प्रहरीले यस घटनामा अन्य संलग्न व्यक्ति पनि भएको हुनसक्ने भन्दै अनुसन्धान जारी राखेको छ र महिलाको बयान खुलाइएको छैन।
यसअघि पनि, आफ्नै नाममा खोलिएको खातामा जम्मा भएको ठगीसम्बन्धी ५०मान येन गल्ती भन्ने थाहा पाउदा पाउँदै पनि एटिएमबाट झिकेको आरोपमा, उनको श्रीमान् जो चिनियाँ नागरिक र कम्पनीमा कार्यरत छन्, सँगै अपराधबाट प्राप्त आम्दानी स्वीकार गरेको अभियोगमा (संगठित अपराध नियन्त्रण ऐन) अन्तर्गत धेरै पटक पक्राउ परिसकेका छन् ।
प्रहरीका अनुसार, उनीहरू दुबैको खातामा केही महिनाभित्र १०००मान येन भन्दा बढी संकास्पद कारोबार देखिएको छ, जसका आधारमा उनीहरूलाई (मनी लन्डरिङ समूह) (अवैध रुपमा रकम शुद्धिकरण गर्ने गिरोह) का सदस्यको रूपमा अनुसन्धान भइरहेको छ।
यो समचार योमीउरी पत्रीकाको २०२५ मे १० तारीकको समाचारबाट लिइएको हो ।