無料イラスト【イラストAC】ladies futsal


कुमामोतो
मार्च २९
देश तथा परदेशमा रहेका नेपालीहरुमा लोकप्रिय बन्दै गैरहेको फुटसल जापानका विभीन्न सहरमा प्रत्येक महिना जसो आयोजना हुने गर्दछन, त्यस सँगसँगै हाल विभीन्न सामाजीक संस्थाहरु पनि विभीन्न खेल क्षेत्रमा सक्रिय भएर लागेको देखिन्छ । त्यस अन्तरगत कुमामोतो नेपाली समाजले मिति २०२३ मार्च २८ तारीकका दिन जापानमै पहिलो पटक आयोजना गरेको महिला फुटसल प्रतियोगीता भव्यताका साथ सम्पन्न गरेको छ ।


कुमामोतोका ४ वटा विभीन्न टिम बिच भएको फुटसल प्रतियोगीतामा कोतो च्यालेन्जर्स टिमले प्रथम स्थान र वाईएमसीए ब्रेभ गल्र्सले दिप्तीय स्थान हासील गरेका थिए प्रथम र दिप्तीय स्थान हुने टिमले क्रमशः २०,००० येन र १०,००० येन हासील गरेको संस्थाका सचिब दिपक बहादुर शाहीले जानकारी दिनुभयो ।
प्रतियोगीताको पुरस्कार वितरण समारोहमा कुमामोतो नेपाली समाजको उपाध्यक्ष कृष्ण पाण्डेको अध्यक्षता, बरीष्ठ सल्लाहकार प्राध्यापक डा. हरी देवकोटाको प्रमुख अतिथ्यता, सल्लाकार बद्री सापकोटाको विशेष आतिथ्यता र विभीन्न अतिथीहरुको सहभागीतामा सम्पन्न भएको थियो ।
कुमामोतो नेपाली समाजले देश तथा परदेशमा समस्यामा परेका नेपालीहरुलाई विभीन्न समयमा सहयोग गर्दै आइरहेको र नेपाल र नेपालीको कला संस्कृति जापानीज समुदायमा चिनाउनका लागी पनि विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको कुरा पनि सचिब शाहीले बताउन भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *