फुकुओका
अप्रिल ७
जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको सस्कृति जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्टर पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओकाको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन गरेको जानकारी फेस्टीबल आयोजक समिति सचिब केशब लामीछानेले बताउनु भयो ।
उक्त कार्यक्रम फेस्टीबल आयोजक समिति संयोजक विवेक बुढाथोकि, प्रमुख आतिथी नेपाली राजदुतावास टोकियोका राजदुत डा. दुर्गा बहादुर सुवेदीको, एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, एनआरएनए जापान अध्यक्ष नविन न्युरे, फुकुओका नगरपालिका प्रतिनिधी, लगायत जापानको विभीन्न ठाँउबाट पाल्नु भएका नेपाली तथा जापानिज वक्ताहरुले सम्बोधन गर्दै कार्यक्रमको औपचारीक सत्र समाप्त भएको थियो ।


फेस्टीबल भव्यताका साथ सम्पन्न पार्नका लागी फुकुओकाको अत्यन्तै व्यस्त शहर तेन्जीन क्षेत्रमा नेपाली पञ्चेबाजा, तथा झाकि सहित परेड, नेपाली नृत्य, जापानीज नागरीकहरुको विभीन्न प्रस्तुती तथा जापानमा बसोबास गर्दै आएता पनि नेपाली लोक संगीतलाई माया गर्ने र जापानमा पनि निरन्तर त्यस क्षेत्रमा लागी रहनु भएका गायक पुरुषोत्तम सिग्देल, माधव सिग्देल, स्याम सितल, गायीका काजल गुरुङ्ग, अर्का आधुनिक गायक प्रथम गुरुङ्ग र उक्त फेस्टीबलको आकर्षकको रुपमा नेपाल आइडल सिजन २ का बिजेता रवि ओडका वेजोड प्रस्तुती रहेको थियो ।
उक्त फेस्टीबल सम्पन्न पार्नका लागी सहयोग गर्नुहुने नेपाली तथा जापानीज विभीन्न सहयोगी संघ संस्था तथा व्यक्तिहरु, अहोरात्र खटिनु हुने स्वयमसेवकहरु सबैलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि नेपाल र नेपालीको पहिचानसँग जोडिएका कार्यक्रमहरुमा सदैव समय दिने कुरा फेस्टीबल संयोजक विवेक बुढाथोकिले बताउनु भयो ।

,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *