無料イラスト【イラストAC】prakash-dutraj

फुकुओका

मार्च १६

नेपालको हिमाली जिल्ला म्याग्दीको बेनीमा जन्म भै छोटो समयमा चर्चाको शिखर चुम्न सफल गायक प्रकाश दुतराज पहिलो पटक जापानमा सांगीतिक कार्यक्रम गर्न आउन लागेका हुन । दुतराजका गितहरुमा हिमालको चिसो र खोलाको पानिको वहावले दिन नसकेको आनन्द पाउन सकिन्छ ।प्रकाश गायनमा मात्र नभै गित लेखन, अभिनय र सगितमा पनि उत्तीनै पोख्त छन । यसो भन्दै गर्दा उनलाई बहु प्रतिभाको धनि कलाकार पनि भन्न सकिन्छ । पछिल्लो समय सामाजीक संजाल र स्टेज कार्यक्रममा उनको नाम अग्र पंतिमा आउने गरेको छ । उनी नामका मात्र प्रकाश नभै नेपाली लोक संगीत क्षेत्रकै प्रकाशको रुपमा स्थापीत कलाकार हुन भन्दा फरक नपर्ला । आरने, घर कता हो बैनिको, जस्ता उनका सिर्जनाहरु अहिले दर्शकको मन मस्तीष्कमा बस्न सफल भएका छन ।

नेपालमा पनि विभीन्न मेला महोत्सवमा माग भैरहदा पनि उनी आफनो प्रस्तुति दिन मार्च महिनामा जापान आउने कुराले जापानमा रहेका उनका सुभचिन्तकमा हर्ष उल्लास छाएको छ । साथै फुकुओकामा विभीन्न स्थानीय कलाकारको पनि वेजोड प्रस्तुती रहने जानकारी आएको छ । त्यसै क्रममा मार्च १८ मा फुकुओकाको योसीजुका नजीकै भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न फुकुओकाका लागी आयोजक नाङलो घर फुकुओकाले मोना क्युस्यु, केआई इसी इगल्स एफसीसंगको सहकार्यमा विभीन्न तयारी थालेको आयोजकले बताएको छ । मार्च१९मा नागोया, २१ मा सिजुओका, अप्रिल २ मा चिवा गरी जापानको विभीन्न क्षेत्रमा कार्यक्रम गर्ने योजना रहेको छ ।

फुकुओका कार्यक्रमको टिकट साधारण अग्रीम बुकिङका लागी २,००० येन, साधारण डोर सेल २,५०० येन र भिआइपी १०,००० येन रहेको छ । साथै टिकटको अर्थकटि लिएर आउनेहरुका लागी नाङलो घर फुकुओकाले ३ महिना भित्रमा एक प्लेट मम दिने पनि धोषणा गरेको छ ।

  • 2Days
  • 3Hours
  • 16Minutes
  • 30Seconds
写真素材無料【写真AC】
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *