無料イラスト【イラストAC】mona-kyushu


फुकुओका
मार्च ५
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ जि एण्ड के खाबुसीकि खाइस्या र भेटघाट नेपाली रेस्टुरेन्टको प्रमुख प्रायोजनमा प्रथम मोना क्युस्यु भलिबल कप आयोजना गर्न लागेको जानकारी प्रतियोगीता संयोजक ज्ञान छन्त्यालले जानकारी दिनुभयो ।


प्रतियोगीता २०२३ मार्च २१ तारीक मंगलबार फुकुओकाको जोनान कु मा रहेको जोनान ताइकुकानमा सम्पन्न गर्नका लागी तिव्र तयारी गरी राखेको जानकारी दिनुभयो ।


प्रतियोगीतामा पुरुष र महिला भलिबल प्रतियोगीता गरीने छ । पुरुष भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः २५०,००० येन र १२५,००० येन प्राप्त गर्नेछन । साथै महिला भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः ५५,५५५ येन र २५,००० येन का साथमा पुरुष र महिला दुवै विधामा ट्रफि, मेडल र प्रमाणपत्र पनि रहेको छ । त्यसका साथमा विभीन्न विधाका पुरुस्कारहरु पनि रहेका छन । प्रतियोगीतामा पुरुष भलिबलको दर्ता शुल्क ३५,००० येन र महिला भलिबलको दर्ता शुल्क २५,००० येन तोकिएको र सम्पुर्ण खेलाडीहरुको एक दिने बिमा पनि गरीने जानकारी मोना क्युस्युका संयोजक दिपक बिकले बताउनु भयो । सहभागी हुन चाहाने टिमले २०२३ मार्च १७ सम्ममा मोना क्युस्युको आधिकारीक फेसबुक तथा सम्पर्क व्यक्तिहरुलाई सम्पर्क गनुहोला ।

मोना क्युस्यु स्थापना काल देखीनै देशमा होस या परदेशमा परी आएका समस्यामा म्याग्देली र गैर म्याग्देलीमा केही भेदभाव नगरी विभीन्न सामाजीक कार्यमा अग्रसर रहेको छ । यस पटक गर्न लागीएको भलिबल प्रतियोगीताबाट भएको फाइदाको केहि प्रतिशत खर्च गरी म्याग्दीको स्थानिय निकायसँगको सहकार्यमा म्याग्दी जिल्लामा स्वास्थ्य शिवीर संचालन गर्ने योजना रहेको कुरा संयोजक बिकले बताउनु भयो ।

volleyball-tournament


写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *