無料イラスト【イラストAC】prakash-dutraj


फुकुओका
फेबु्रअरी १८

नेपालको हिमाली जिल्ला म्याग्दीको बेनीमा जन्म भै छोटो समयमा चर्चाको शिखर चुम्न सफल गायक प्रकाश दुतराज पहिलो पटक जापानमा सांगीतिक कार्यक्रम गर्न आउन लागेका हुन । दुतराजका गितहरुमा हिमालको चिसो र खोलाको पानिको वहावले दिन नसकेको आनन्द पाउन सकिन्छ ।
प्रकाश गायनमा मात्र नभै गित लेखन, अभिनय र सगितमा पनि उत्तीनै पोख्त छन । यसो भन्दै गर्दा उनलाई बहु प्रतिभाको धनि कलाकार पनि भन्न सकिन्छ । पछिल्लो समय सामाजीक संजाल र स्टेज कार्यक्रममा उनको नाम अग्र पंतिमा आउने गरेको छ । उनी नामका मात्र प्रकाश नभै नेपाली लोक संगीत क्षेत्रकै प्रकाशको रुपमा स्थापीत कलाकार हुन भन्दा फरक नपर्ला । आरने, घर कता हो बैनिको, जस्ता उनका सिर्जनाहरु अहिले दर्शकको मन मस्तीष्कमा बस्न सफल भएका छन ।
नेपालमा पनि विभीन्न मेला महोत्सवमा माग भैरहदा पनि उनी आफनो प्रस्तुति दिन मार्च महिनामा जापान आउने कुराले जापानमा रहेका उनका सुभचिन्तकमा हर्ष उल्लास छाएको छ । साथै फुकुओकामा विभीन्न स्थानीय कलाकारको पनि वेजोड प्रस्तुती रहने जानकारी आएको छ । त्यसै क्रममा मार्च १८ मा फुकुओकाको योसीजुका नजीकै भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न फुकुओकाका लागी आयोजक नाङलो घर फुकुओकाले मोना क्युस्यु, इभि एफसीसंगको सहकार्यमा विभीन्न तयारी थालेको आयोजकले बताएको छ । मार्च १२ मा टोकीयो, १९मा नागोया, २१ मा सिजुओका, अप्रिल २ मा चिवा गरी जापानको विभीन्न क्षेत्रमा कार्यक्रम गर्ने योजना रहेको छ ।
फुकुओका कार्यक्रमको टिकट साधारण अग्रीम बुकिङका लागी २,००० येन, साधारण डोर सेल २,५०० येन र भिआइपी १०,००० येन रहेको छ । साथै टिकटको अर्थकटि लिएर आउनेहरुका लागी नाङलो घर फुकुओकाले ३ महिना भित्रमा एक प्लेट मम दिने पनि धोषणा गरेको छ ।
कार्यक्रमबाट भएको फाइदाबाट आर्थिक कोष स्थापना गरी गरिब तथा अनाथ वालवालिकाहरुको सहयोगमा खर्च गर्ने योजना रहेको पनि आयोजकले बताएको छ ।

写真素材無料【写真AC】
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *