無料イラスト【イラストAC】sunita-jirel

फुकुओका
फेब्रुअरी १
नेपालको दोलखा घर भै हाल जापानको खागोसीमा शहरमा बसोबास गर्दै आइरहेकी नेपाली चेली सुनीता जिरेलले स्वास्थ्य उपचारका लागी जापानबासी नेपालीहरुलाई सहयोग अपिल गरेकी छन । २०१८ अक्टोबरमा विध्यार्थी भिसामा जापान आएकी जिरेल २०२२ फेबु्रअरीमा एक्कासी बिरामी परेकी उनको दुवै मिगौलाले काम गर्न छाडे पछि हाल नियमीत रुपमा उपचार गरीराखेको र नियमीत गर्नु पर्ने डायलाइसीसमा आर्थिक समस्या परेको उनले बताइन ।


हामीसंगको टेलीफोन सम्पर्कमा भाग्यले सानैमा आमाको असमाहिक निधन पश्चात बाबु पनि अर्को विवाह गरी टाढा भएका कारणले उनलाई परिवारको जिम्मेवारी आइपरेको थियो । नेपालमा हुदै गर्दा पनि आफु लगाएत २ जना बहिनीहरुको जिम्मेवारी पनि आफैले उठाउदै आएको र हाल आफु बिरामी हुदा परिवार नै समस्यामा रहेको पनि बताइन । दिदी बहीनी र साथीहरुको सहयोगमा संर्घष गर्दै आएर जापानमा विध्यार्थी जिवन सकेर कर्मचारी जिवनको सुरुवात गर्ने समयमा फेरी पनि भाग्यले ठगेको बताइन ।

१ वर्ष ६ महिनाको भाषा विध्यालय, २ वर्ष भोकेसनल स्कुलको पढाइ सकी वोकिङ्ग भिसाको प्रकियामा रहेको बेलामा एक्कासी बिरामी भै उक्त प्रकिया पनि विरामी भएकै कारण रद्ध भएको पनि बताइन । उक्त प्रकिया रद्ध भए पस्चात फेरी भोकेसनल स्कुल भर्ना भएको पनि जानकारी दिइन । विभीन्न समयमा गरी हाल सम्म धेरै खर्च भैसकेको र हाल सम्म सकेको समयमा काम गरी खर्च व्यवस्थापन गरीराखेको र अहिले स्कुलको फि, नियमीत गर्नुपर्ने डायलाइसीस, नसुध्रिएको स्वास्थ्य समस्याले गर्दा सहयोगका लागी अपिल गरेको जानकारी दिइन ।

साथै सकेसम्म छिटो नेपाल गै मिगौला प्रत्यारोपण गर्नका लागी बहिनीसंग सल्लाह भै बहिनीको मिगौला प्रत्यारोपण गर्ने कुरा भए पनि हालको स्कुलको फि, नेपाल फर्किसके पछिको उपचार खर्च लगायतको समस्याले सताइरहेको छ । विभिन्न राम्रा नराम्रा कुराहरु मनमा खेले पनि कसैको सानो सहयोगले आफ्नो जिवन बाच्न सक्ने कुरा सुनेको र विभीन्न अग्रजहरुबाट पाएको सान्त्वनाका कारण हाल सहयोगको अपिल गरेको जानकारी दिइन ।


परदेशमा विभीन्न सुख दुःखमा नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले विभीन्न कार्यहरु गर्दै आइरहेको एनआरएनए जापान र एनआरएनए क्युस्युले पनि समस्याको अध्ययन गरी सम्पुर्णमा सहयोगका लागी अपिल गरी सक्दो सहयोग गर्ने कुरा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । साथै जापानको विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहनु भएका सबैमा उहाँको उपचारमा सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्नुभयो ।


सहयोगका लागी विरामीको व्यक्तिगत बैक खाता नम्बर

ゆうちょ銀行

­17850-30858771

ジレル スニタ

写真素材無料【写真AC】
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *