無料イラスト【イラストAC】mahapurush

फुकुओका, जापान ।
जनवरी २८

यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानको फुकुओका शहरमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ”महापुरुष“ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको किर्तिमानी बनाएको छ । चलचित्र फुकुओका शहरको च्युओ सिमीन सेन्टर हल आकासाकामा फेबु्रअरी १२ तारिख शनिवार प्रदर्शन हुने भएको हो ।

चलचित्रलाई ड्रिम फ्युचर कनेक्सनले फुकुओकामा प्रदर्शन गर्न लागेको दिलेन्द्र प्रसाद जोशिले जानकारी दिनुभयो । चलचित्र आकासाका हलमा फेबु्अरी १२ तारिख आइतबार साँझ ६ बजेबाट प्रदर्शन हुने भएको छ । भने उक्त सोको टिकट दर भिआइपी १०,०००येन, कपल तथा परिवार टिकट ३,५००येन, साधारण २,०००येन र विध्याथी छुट सहित १,५००येन तोकिएको छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोहका अनेक आयामलाई समावेस गरिएको छ ।श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथाबस्तु बनेको निर्माता श्रोतले बताएको छ ।

चलचित्रमा नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय महजोडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ । उक्त चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *