shiva-sharma

फुकुओका

फेब्रुअरी २

फेब्रुअरी १ तारिकका दिन जापानको फुकुओका सहरमा सम्पन्न पर्वत समाज जापानको प्रथम क्षेत्रिय अधिबेशनबाट शिव शर्माको अध्यक्षतामा १५ सदस्यीय क्युस्यु क्षेत्रीय कार्यसमिति गठन भएको छ । उक्त समितिको उपाध्यक्ष भगिरथ पौडेल र कृष्ण आचार्य, सचिब सुजन के सि, सह सचिब सज्जन सुबेदी, कोषाध्यक्ष अर्जुन पराजुलि, सह- कोषाध्यक्ष निसान क्षेत्रि, सदस्य बिबेक गिरी, सन्तोष के सि, रोशन भुशाल, गोबिन्द रेग्मी, राज शर्मा, मनोज गिरि, सरिता सुबेदि पौडेल, सबिता आचार्य निर्विरोध चयन हुनु भएको कुरा नव निर्वाचित अध्यक्ष शिव शर्माले बताउनु भयो ।

कार्यक्रम पर्वत समाज जापानमा अध्यक्ष सुबास लामिछानेको सभापतित्व, NRNA ICC सह- कोषध्यक्ष टंक गैरेको प्रमुख आतिथ्यता, हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारीको विशिष्ट आतिथ्यता र एनआरएनए जापान उपाध्यक्ष राम कृष्ण श्रेष्ठ, लायन्स क्लब MD 325 G रिजन चेयर पर्सन ज्योति केसी, एनआरएनए जापान सचिब देवराज उप्रेतीको अथित्यतामा सम्पन्न भएको थियो । साथै क्युस्युमा रहनु भएका पर्वतबासीहरुको उल्लेख्य सहभगिता रहेको थियो । विगतका समय देखिनै पर्वत समाजले देशमा होस या विदेशमा नेपालीहरूको सुख दुःखमा साथ दिँदै आइरहेको र आगामी दिनमा अझै अग्रसर भएर समाज सेवामा लाग्ने कुरा नव निर्वाचित सचिब सुजन केसीले बताउनु भयो ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *