無料イラスト【イラストAC】sudurpaschim-programme

२०२२ अक्टोबर ०७

फुकुओका,

सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले चौथो अधिवेशन फुकुओका सहरमा यही २०२२ अक्टोबर १५ तारिक (शनिबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव कविराज अवस्थीले जानकारी दिनुभयो । `सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली` भन्ने मुलनाराका साथ गठन भयको संस्थाले विश्वका विभिन्न देश लगायत जापानको विभिन्न सहरमा क्षेत्रिय समिति गठन गरी कार्यहरू अगाडि बढाई रहेको छ ।

हामी आफ्नो ठाउँमा केहि गर्न चाहन्छौं त्यसैले परदेशमा भयका हामी दाजुभाइहरू जम्मा भई देश तथा विदेशमा कहीं कतै कोही पनि समस्यामा नपरोस् भन्ने भावना सहित परदेशको ठाउँमा पनि आफ्नो अमूल्य समय निकाली समाज सेवामा अगाडि बढिरहेको क्युस्यु क्षेत्रिय समितिका संस्थापक अध्यक्ष दिलेन्द्र जोशीले जानकारी दिनु भयो ।

कार्यक्रम हुने स्थान :- फुकुओकाको मीनामी सीमिन सेन्टर

मिति :- २०२२ अक्टोबर १५ सनिबार

समय दिनको :- १२:३० बाट १७:०० बजे सम्म

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *