無料イラスト【イラストAC】nrn-day

२०२२ अक्टोबर ९
फुकुओका,
२००३ अक्टोबर ११ तारीकका दिन नेपालीका लागी नेपाली भन्ने मुल नाराका साथ उपेन्द्र महतोको सकृयतामा स्थापना भएको यस गैर आवासीय नेपाली संघ हाल १९ औं वर्षमा आइपुग्दा स्वदेशमा होस या विदेशमा नेपालीहरुको सहयोगमा लागी परीरहेको सबैमा अबगत नै छ । यो महान कार्यमा हातमा हात मीलाई अगाडी बढीरहेको गैर आवासीय नेपाली संघ, जापान क्षेत्रीय कार्यसमिति क्युस्युले स्थापना दिवस अक्टोबर ११ तारीकका दिन क्युस्युको फुकुओकामा रहेको चौतारी रेस्टुरेन्टमा बेलुका ७ बजेबाट केक काटी अन्तरक्रीया कार्यक्रम गरी मनाउन गै रहेको कुरा एनआरएनए क्युस्युका उप संयोजक तथा एनआरएन डे कार्यक्रम संयोजक भिम गुरुङले जानकारी दिनु भयो ।
एनआरएनए क्युस्युले गत वर्ष मैले चाहेको एनआरएनए शिर्षकमा निबन्ध लेखन प्रतियोगीता गरेको र उक्त प्रतियोगीतामा संकलन भएका निबन्धहरुको पुस्तक पनि प्रकाशन गरीसकेको हुनाले पढ्न इच्छुक महानुभावले एनआरएनए क्युस्युको कार्यालयमा सम्पर्क गर्नका लागी एनआरएनए क्युस्युका संयोजक अर्जुन बगाालेले जानकारी दिनुभयो ।

nrnday-chautari-restaurant
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *